भारी वर्षाका कारण दक्षिणी म्यान्मामा हजारौं नागरिक विस्थापित

तस्बिर एएफपी

Read Time = 2 mins

यांगुन । दक्षिणी म्यान्माको बागो क्षेत्रमा आइतबार भएको भारी वर्षाका कारण हजारौं नागरिक विस्थापित हुनुका साथै रेल यातायात अवरुद्ध भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बागो क्षेत्रको समाज कल्याण, राहत तथा पुनरवास मन्त्रालयका निर्देशक उ थाउङ स्वेले बाढीका कारण १४ हजार तीन सय चार नागरिकले ३६ वटा राहत शिविरमा आश्रय लिएको बताउनुभयो ।

उहाँका अनुसार पानीको सतह निरन्तर बढिरहेकाले उद्धार संस्थालगायत सम्बन्धित निकायले उद्धार कार्य जारी राखेका छन् । म्यान्माको यातायात तथा सञ्चार मन्त्रालयले बाढीका कारण यांगुन जाँदै गरेको दुईवटा यात्रुवाहक रेलमा सवार करिब आठ सय यात्रुलाई आइतबार साँझ जहाजहरूमा राखेर पु¥याइएको बताएको छ ।

बाढीकै कारण आइतबार बागो सहर हुँदै जाने चारवटा यात्रुबाहक रेलको यात्रा रद्द गरिएको थियो । एक रेलवे अधिकारीले बागो क्षेत्र हुँदै चल्ने रेलका यात्रा सोमबार पनि स्थगित गरिएको जानकारी दिनुभयो ।

म्यान्माको जल तथा मौसम विज्ञान विभागले बागो नदीमा पानीको सतह सोमबार खतराको स्तरभन्दा चार इन्चमाथि रहेको बताएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?