सिताराम मिल्कको अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिताराम गोकुल मिल्क प्रालिले ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । कम्पनीले बडादशैँ, शुभ दीपावली तथा छठ पर्वका उपलक्ष्यमा ल्याएको उक्त अफरअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्रदान गरिने र लक्की ड्रमार्फत् विजेता घोषणा गरिने जनाएको छ ।

बम्पर उपहारमा तीनजनाले हाइसेन्स ब्राण्डको मल्टिडोर रेफ्रिजिरेटर, ५० इन्च टिभी र वासिङ मेसिन पाउनेछन् भने अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हटपट पाउनेछन् । योजना दूधबाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुने कम्पनीले जनाएको छ । सीतारामले विगत २८ वर्षदेखि दूध तथा दूधजन्य उत्पादन दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सीलगायत उत्पादन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?