इजरायल आक्रमणः एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणका कारण पिडित नेपालीको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ घण्टे हटलाइन सेवा सञ्चालन गरेको छ ।

संघले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा गैरआवासीय नेपाली संघको पहिलो प्राथमिकता भएको जनाएको छ । आक्रमणका कारण संकटमा परेका नेपालीहरुको सुरक्षा र उद्दारका लागि पहल गर्न संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदुतावास इजरायल लगायतका त्यहाँ सक्रिय नेपाली संघ–संस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

हटलाइनमार्फत प्राप्त समस्या र गुनासोलाई इजरायलस्थित संघको राष्ट्रिय समन्वय परिषद्, दूतावास तथा सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गरिने संघले जनाएको छ। सेवा लिन तपशिलमा उल्लेखित संघका कर्मचारीहरुलाई सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

तपशिलः

राजेन्द्र कुमार राउत (प्रमुख कार्यकारी अधिकृत) ९८०१८६११००

बन्दना शर्मा (सहायक निर्देशक) ९८०१८६११०१

इन्द्रलक्ष्मी घिमिरे (सञ्चार तथा वैदेशिक रोजगार अधिकृत) ९८०१८६११२३

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?