दिल्ली । न्युजिल्याण्डले भारतमा जारी विश्व कप क्रिकेटमा नेदरल्याण्ड्सलाई ९९ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४६.३ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि कालिन अर्केमानले अर्धशतक पूरा गर्नुभयो । स्कट इडवार्ड्सले ३० र सेब्रान्ड इगिलब्रटले १९ रन जोड्नुभयो । सान्टनेरले १० ओभरमा ५९ रन खर्चेर पाँच विकेट लिनुभयो । म्याट हृयारीले तीन र रचिन रविन्द्रले एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ पाएको मौकालाई पूरा सदुपयोग गर्ने क्रममा न्युजिल्याण्डले तीन खेलाडीको अर्धशतकको मद्दतमा ५० ओभरमाा सात विकेट गुमाएर ३२२ रन बनाएको थियो । ओपनर विल योङ, रचिन रविन्द्र र टोम लाथमले अर्धशतक पूरा गर्नुभएको थियो ।
अर्का ओपनर डेभोन कनवेसँग योङले पहिलो विकेटका लागि ६७ रन जोड्नुभएको थियो । कनवे ३२ रनमा आउट हुनुभएको थियो । योङले भान मेक्रेनको बलमा आउट हुनुअघि ८० बलमा सात चौका र दुई छक्काको मद्दतमा ७० रन बनाउनुभएको थियो ।
योङले दोस्रो विकेटका लागि रविन्द्रसँग ७७ रनको साझेदारी गर्नुभएको थियो । इंग्ल्याण्डविरुद्धको खेलमा शतक प्रहार गर्नुभएका रविन्द्रले भान डेर मेर्वेको बलमा आउट हुनुअघि ५१ बलमा ५१ रन नै बनाउनुभएको थियो । उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो ।
४८ रन बनाउनुभएका डेरी मिचेल भान मिकिरेनको शिकार हुनुभयो । आर्यन दत्तको बलमा आउट हुनुभएका लाथमले ४६ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाउनुभयो । मिचेल सान्टनेर अविजित ३६ र म्याट हेन्री अविजित १० रनमा रहनुभयो ।
नेदरल्याण्डका लागि दत्त, मिकिरेन र डेर मेर्वेले समान २ विकेट र बास डे लिडेले एक विकेट लिनुभयो । नेदरल्याण्डले पहिलो खेलमा हार बेहोरेको थियो । न्युजिल्याण्डले लगातार दुई खेल जित्दा नेदरल्याण्डले भने दुवै खेल गुमाएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच