
बेइजिङ । चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मंगलबार बताएको छ । सत्ताधारी कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले एक दशकअघि सत्तामा आएदेखि यस्ता गलत प्रवृत्तिलाई नियन्त्रणमा लिनुभएको छ । इमानदार शासन सुनिश्चित गर्न यस्तो अभियानले सहयोग पुर्याउने समर्थकहरूको भनाइ छ तर यस्तो कदमले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई पाखा लगाउन राष्ट्रपति सिलाई अनुमति दिने आलोचकहरूले बताएका छन् ।
‘चीनको सर्वोच्च पिपुल्स प्रोक्योरमेन्ट (एसपीपी)ले घुस लिएको आशंकामा डु जाओकाईलाई पक्राउ गर्न आदेश दिएको छ’, सरकारी समाचार समिति सिन्हृवाले भन्यो, ‘उक्त विषय अनुसन्धानका लागि प्रोक्युरेटोरियल अधिकारीलाई पठाइएको थियो र राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानको निष्कर्षपछि आरोप लगाइएको हो ।’
यसअघि शनिबार सिन्हृवाले डुले गैरकानुनीरूपमा उपहार र पैसा स्वीकार गरेको तथा व्यवसाय सञ्चालन र कर्मचारी भर्तीमा फाइदा लिन आफ्नो पदको दुरुपयोग गरेको बताएको थियो । सिसिपीले उहाँलाई निष्काशन गर्नुका साथै उहाँको अवैध सम्पत्तिसमेत जफत गर्नेछ ।
यस वर्ष चीनले अनुसन्धान गरेको खेलकुद क्षेत्रको भ्रष्टाचारका बढ्दो संख्यामा डुको नाम पनि समावेश थियो । उक्त सूचीमा चीनको उच्च व्यावसायिक फुटबल लिगका प्रमुख लिउ जुन र पूर्वराष्ट्रिय फुटबल कोच लि तेइ पनि समावेश छन् । उनीहरूलाई घुस लिएको र फौजदारी अभियोग लगाइएको छ ।
गत जुनमा म्याच फिक्सिङ प्रकरणमा सामेल भएको आरोपमा चीनको राष्ट्रिय स्नकुर संस्थाले दुई खेलाडीलाई स्नुकर खेलबाट आजीवन प्रतिबन्ध लगाएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच