जुम्ला । नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत बहादुर शाहीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। १७ वर्षीया किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाहीविरूद्व मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्दा दर्ता भएको हो ।
यसअघि शाहीले तातोपानी गाउँपालिकाकी एक किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरि फोन गरेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि उक्त घटना बाहिरिएको हो ।
पीडित किशोरीका बुबाले दिएको जाहेरीको आधारमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । बालबालिका सम्बन्धि ऐन २०७५ अनुसार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। सार्वजनिक भएको अडियोमा नेता शाहीले बालिकालाई प्रवेश परिक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहोरिदिने र बदलामा यौन सम्बन्ध राख्न दिनुपर्ने तथा संवेदनशील फोटो पठाउनुपर्ने भनि प्रस्ताव गरेको अडियो सार्वजनिक भएको छ।
पीडक शाही र पीडित किशोरी एउटै गाउँका हुुन् । किशोरीको नाताले ठूलो बुबा पर्छन्, शाही । उनले यौन सम्बन्ध राख्न दिनुपर्ने सर्त म्यासेन्जर र फोनमा समेत गर्न थालेपछि अत्ति भएर रेकर्ड गरेको पीडित किशोरीले बताएकी छिन्। ‘सुरुमा मलाई म्यासेज गर्दा हाम्रो गाउँको ठूलो नेताले सम्पर्क गरे। हाम्रो पनि कोही रहेछ भन्ने लाग्यो,’ पीडित किशोरीले भनिन्, ‘ठूलो बुबा भनेर आश मानेको त अपराधिक मानसिकता रहेछ। मलाई अत्ति नै भएपछि मुद्दा पक्रियामा जानुपर्ने स्थित आएको हो।’
किशोरी काठमाडौंमा ११ कक्षामा अध्ययनरत छिन । बालिकालाई नेता शाहीले नर्सिङ पढाइदिने भनी प्रलोभनमा पार्ने प्रयास गरेको पीडित किशोरीको भनाइ छ। उनले नेता शाहीलाई प्रचलित कानुन अनुसार सजाय दिलाउन न्यायको ढोका ढकढक्याउन पुगेको बताएकी छन्। ‘म्यासेज र फोनमा यौन प्रस्ताव राखेर तनाव दिन थालेपछि मैले कल रकेर्ड गरेकी हुँ,’ उनले भनिन्, ‘त्यो रेकर्ड गरेको अडियो र उसले गरेका म्यासेजहरु प्रमाणको रुपमा पेस गरेकी छु।’ किशोरीका बुबाले बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा (३) खण्ड (ग) बमोजिम जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गरेको बताएका छन्। ‘हामी सोझा मान्छे देखेर आफ्नै छोरी समान मेरो माथि नेता शाही यौन अपराध गरे,’
उनले भने, ‘मेरी छोरीले न्याय पाओस र दोषीलाई सजाय होस भनी जाहेरी दिएको हुँ।’
यस्तो छ कानुनी व्यवस्था
उनले सोही ऐनको परिच्छेद ९ मा रहेको बालबालिका विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेका छन्। खण्ड (ग) अनुसार ‘यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, गरेको खण्डमा दुर्ववहार गरेको मानिने’ भनी उल्लेख गरिएको छ। ऐनको परिच्छेद ९ दाफा ७२ को उपदफा ३ को खण्ड (ख) मा ‘दफा ६६ को उपदफा (२) को खण्ड (छ), (ञ), (ट), (ठ), (ड), (ण) वा (थ) वा उपदफा (३) को खण्ड (क), (ख), (ग), (ङ), (च) वा (ञ) बमोजिमको कुनै कार्य गरेमा पचहत्तर हजार रूपैयाँ सम्म जरिबाना र तीन वर्षसम्म कैद गरिनेछ’ भनी लेखिएको छ।
त्यस्तै ऐनको दफा ७३ मा बाल अदालतले प्रचलित कानून र ऐन बमोजिमको बालबालिका विरुद्धको कसूरको कसूरदारलाई भएको जरिबानाको रकमभन्दा कम नहुने गरी पीडित बालबालिकाको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानी समेतको विचार गरी मनासिब क्षतिपूर्ति एकमुष्ठ वा आवधिक रूपमा कसूरदारबाट भराइदिने व्यवस्था गरेको छ।
पीडित बालिकाले ऐनको दफा ७४ को उपदफा (१) मा उल्लेखित दफा ६६ अन्तर्गत प्रचलित कानूनको हदम्याद भित्र जाहेरी लिएर मुद्दा प्रक्रियामा गएको बताएकी छिन्। नेता शाही यसअघि २०७४ र २०७९ मा तातोपानी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच