रामराज्य र हाम्रो शासन व्यवस्था

Read Time = 18 mins

✍️ मणि शर्मा
सन् १९७४, महिना जनवरी स्थान, भारतको उत्तर प्रदेशको गोन्डा जंक्सन । म रेलवे प्लटेफर्र्ममा बर्दिया आउन रेलको प्रतीक्षामा बेन्चमा बसिरहेको थिएँ । एकजना अधबैंसे इण्डियन आउँछ र मेरो छेउँमा बस्छ । सामान्य पचिययपछि म कहाँ जाने भनेर सोध्छ । म नेपाल भन्छु । कुराकानीको बीचमा ऊ भन्छ, नेपाल में शराब और शबाब (यौवन सस्ती है । सन् २०२२, महिना जुलाईको अन्तिम । मैले औषधि किन्ने पसले भाई मलाई नेपालको राजनीतिबारे सोध्छ, हिन्दू राष्ट्र र राजा हटाएकोमा रोष प्रकट गर्छ । कुराकानीको सन्दर्भमा ऊ भन्छ, नेपालमा सरकार बनाउने र गिराउने इण्डियाले गर्छ होइन त अंकल ? म हो भन्छु ।

म इण्डियाको सानादेखि ठूला शहरमा जहाँ गएँ पनि आम इण्डियनले सोध्ने प्रश्न यही हुन्छ र लज्जावस मेरो शिर निहुरे पनि मैले हो भन्नुपर्ने हुन्छ । ती पसले नागरिकता विधेयकसम्बन्धी कुरा गर्छन् । उनीहरूको मुलुकमा विदेशी नारी विवाह गरेर आए भारतको नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान भएको र त्यसपछि मात्र इण्डियाको नागरिकताको प्रक्रिया थालनी हुन्छ भने । कुराकानीको अन्तिममा उनले नेपाली नागरिकता लिने इच्छा जाहेर गर्दै के गर्नुपर्छ भने, मैले नागरिकता प्राप्तिको प्रावधान छोटोमा बताइदिएँ । त्यहाँ भएका एकजना सज्जनले प्याच्चै भने नेपाल में नेता और नागरिकता सस्ती है । उनको उत्तर सुनेर म मेरा नेताहरू र नागरिकता विधेयकमािथ गर्व गरूँ कि लाजले मरूँ जस्तो भयो ।

के नेपालमा रामराज्य सम्भव छ ? नेता नैतिकवान, इमानदार, देशभक्त तथा सनातन धर्मप्रति अटुट आस्था तथा भक्ति राख्ने र वैदिक ज्ञान भएमा यो सम्भव छ । रामराज्य एउटा मर्यादित राजतन्त्र थियो ।

अन्ततः राष्ट्रपतिले नागरिकता विधेयक सुझावसहित फिर्ता पठाएपछि प्रजातान्त्रिक प्रक्रियामा राष्ट्रपतिको सकरात्मक सुझावलाई समेट्दै नागरिकता विधेयक संशोधन गरेर पठाउनुपर्ने हो तर राष्ट्रपतिको मानमर्दन हुने गरी जस्ताको त्यस्तै पारित गरे । सत्तापक्ष त देशद्रोह गर्दा छाती फुकाएरै गर्छ । पारित भएका एमसिसी होस् वा नागरिकता विधेयक, राष्ट्रघातको पक्षमा सत्तापक्ष खुलेआम दलील दिने गर्छन् तर प्रमुख प्रतिपक्षको भूमिका जहिले पनि दोधारे रहृयो । एमालेकौ किंकर प्रवृत्तिले जहिले पनि राष्ट्रघातलाई साथ दिइरहेको हुन्छ । वानर जातिहरूको वास जंगलमा हुन्थ्यो । एकचोटि किंकरहरूले प्रमदा वनलाई उजार्दा हनुमानले उनीहरूको बध गरेका थिए । यहाँ देश नै उजाड्न किंकरहरू प्रयत्नरत छन् तर हनुमान छैनन् ।

२०६३ सालको प्रायोजित जनआन्दोलनताका आमजनताले सबै दलहरू एक ठाउँमा मिलेको देख्दा अब त हत्या हिंसाबाट मुक्त भएर मुलुकमा रामराज्य स्थापना हुनेछ भनेर सोचेका थिए । माओवादीले देश र जनताप्रति व्यक्त गरेको भावनाबाट पनि जनता विश्वस्त थिए र तर दलहरूको एकता देश र जनतालाई लुट्ने र राष्ट्रघातमा एक हुनेमा रहेछ । मुलुकको धर्म, संस्कृति, संस्कार र सभ्यतालाई समाप्त पार्नमा एकता भएको रहेछ । रावण वेदज्ञ ब्राहृमण भए तापनि उनमा राक्षसी प्रवृत्ति थियो तर उनको राज्यमा जनता सुखी, प्रसन्न र समृद्ध थिए ।

उनको राज्य सुनको लङ्काको नामले प्रसिद्ध थियो तर नेपाल राज्यमा न त जनता सुखी, प्रसन्न र समृद्ध छन् न त देश नै सुरक्षित छ ।
वाल्मीकीय रामायणमा तीन पटक रामराज्यको कुरा आउँछ । रामराज्यको विशेषता सबै सुखी । वाल्मीकिको शब्दमा निरामया विशोकाश्च रामे राज्यंंं प्रशासति अर्थात् रामराज्यमा रोग र शोकले (प्रजा) रहित थिए । सर्वे मुदितमेवासीत् अर्थात् सबै प्रसन्न रहन्थे रामराज्यमा बाख्रा र बाघ एउटै नदीको पानीसँगै खान्थे । सबै कर्तव्यपरायण वाल्मीकिको शब्दमा : ब्राहृमणाः क्षत्रियाः वैश्याः शूद्राः लोभविवर्जिताः । अर्थात् रामराज्यमा चारै वर्णका मानिसहरू लोभरहित भएर आआफ्नो वर्णानुसार कर्म गर्दै सन्तुष्ट रहन्थे । अहिले पश्चिमाहरूले वर्णाश्रमलाई जातिप्रथासँग जोडेर चारै वर्णका मानिसबीच मतभेद ल्याई विवाद उत्पन्न गराउनमा सफल हुँदै यसैको आडमा विदेशी धर्ममा हिन्दू, बौद्ध र किरातलाई धर्मान्तरण गरिरहेका छन् ।

हामी हाम्रो वेद र पुराणलाई पढ्दैनौँ तर पश्चिमाहरूको हरेक कुरालाई वेदवाक्य सम्झी ग्रहण गर्ने गर्छौं । पूर्णआयु–रामराज्यमा कसैको अकाल मृत्यु हुँदैन्थ्यो । वाल्मीकिको शब्दमा त्यस बेला रोगको आशङ्का पनि थिएन । रामराज्यमा कसैको अकाल मृत्यु भएमा त्यसको कारण खोजिन्थ्यो र त्यसको निवारण पनि गरिन्थ्यो । शंंबूक बधलाई छोड्ने हो भने रामराज्यमा कसैको अकाल मृत्यु भएको थिएन । कुनै स्त्री विधवा हुनु परेको थिएन, न च स्म वृद्धा बालानां प्रेतकार्याणि । दाम्पत्य प्रेम कुनै पनि समाजमा पतिपत्नीबीच परस्पर प्रेम सौहाद्र र विश्वास परिवार तथा समाजको खुसियालीको मुख्य कारण हो ।

पत्नीहरू पतिव्रता र पुरुषहरू एकपत्नीव्रती हुन्थे । राम यसको ज्वलन्त उदाहरण हुन् । प्रकृतिको उदारता–रामराज्यमा प्रकृति पनि दयावान थिइन् । अहिले जस्तो अतिवृष्टि, अनावृटि, खण्डवृष्टि वा खडेरीको समस्या थिएन । गणतन्त्र आएपछि देशमा कुनै वर्ष राम्रोसँग पानी परेको छैन । कहिले अतिवृष्टि त कहिले अनावृष्टिको समस्या छ । जबकि यही मुलुक हो जो पञ्चायतकालमा अर्बौंको खाद्यान्न निर्यात गर्दथ्यो र अहिले अर्बौको खाद्यान्न आयात गर्छ । रामराज्यमा मेघ आवश्यकताअनुसार वर्षिन्थ्यो । २०४६ सालपछि प्रकृतिको अभूतपूर्व दोहनले प्रकृति पनि रुष्ट भएर श्राप दिएकी छिन् ।

रामराज्यमा वृक्षहरू सदा फलफूलहरूले लटरम्म ढाकिएको हुन्थे, वृक्षका जराहरू बलिया हुन्थे । मृदु पवनको मधुर स्पर्श जन जनमा सुख दिन्थ्यो । वाल्मीकिको शब्दमा नित्यमूल नित्याफलास्तरवतत्र पुष्पिताः । कामवर्र्शी च पर्जन्यः सुखस्पर्शश्च मारूतः ।। आध्यात्म रामायण अनुसार राघवे शासति भुवं लोकनाथे रमापतौ । वसुधा शस्यसम्पन्ना फलवन्तश्च भूरूहाः । अर्थात्र रमापति राघव शासित भुवन धनधान्यले सम्पन्न थियो र वृक्षहरू सदैव फलहरूले झुलिइरहन्थे । रामराज्यमा चोर लुटेराहरूको भय थिएन । नानर्थ कश्चिद्स्पृशत् । अर्थात् अनर्थकारी काम कसैले गर्दन्थे । वाल्मीकिअनुसार प्रजाहरू सबै धर्ममा तत्पर थिए, कोही झुट बौल्दैन्थे तर हाम्रो शासन व्यवस्थामा राजाहरू सदैव झुटबाहेक सत्य बोल्दैनन् । यथा राजा तथा प्रजा ।

के नेपालमा रामराज्य सम्भव छ ? नेता नैतिकवान, इमानदार, देशभक्त तथा सनातन धर्मप्रति अटुट आस्था तथा भक्ति राख्ने र वैदिक ज्ञान भएमा यो सम्भव छ । रामराज्य एउटा मर्यादित राजतन्त्र थियो । जनता कुनै अस्थायी तथा ढुलमुले सरकारबाट उत्पन्न हुन सक्ने अराजक प्रवृत्तिदेखि सावधान थिए । त्यसैले एउटा संगठित तथा शक्तिशाली शासन व्यवस्थामा विश्वास राख्दथे । त्यो हो मर्यादित राजतन्त्र । कसलाई सरकारमा पठाउने, कसको सरकार ढाल्ने, कस्तो विधेयक ल्याउने यावत कुराको निर्णय बाहृयशक्तिले गर्ने गर्दछ । यहाँ राजनीतिक अस्थिरताले कुनै नीति र योजना सफल हुन सकेको छैन । जनता तथा जनप्रतिनिधि दुबैमा मर्यादाको अभाव छ ।

यहाँका तथाकथित नेताहरू गठबन्धनको नाममा कुत्सित खेल खेल्ने गर्दछन् । यसको एकमात्र विकल्प भनेको मर्यादित राजतन्त्र नै हो । रामले विभिन्न राजनीतिक एकाइहरूमा बाँडिएका राष्ट्रलाई धर्मको नाममा एक गरेका थिए । संगठनशास्त्रको हिसाबले रामको प्रेरणा स्रोत थिए कार्तवीर्य सहस्त्रार्जुन र परशुराम । यिनी दुई परस्पर विरोधी थिए । रामले यी दुवैको अद्भूत एकीकरण गरे । सहस्त्रार्र्जुनले स्वार्थी मानिसहरूको व्यक्तिनिष्ठ संगठन बनाएका थिए र परशुरामको संगठन अमूर्ततत्वाधिष्ठित थियो अर्थात् उनमा स्वार्थको लेशमात्र गन्ध थिएन । रामले जहाँ सुग्रिव आदिसँग युद्धमा विजय प्राप्त गर्न स्वार्थमूलक एकता गरेका थिए भने अर्कोतिर विभीषणहरूसँग निःस्वार्थरूपमा एकता गरेका थिए ।

लङ्का विजयपछि लङ्कालाई आफ्नो राज्यमा नगाभेर विभीषणलाई सुम्पेका थिए । रामको पालामा राजाको पद वंशानुगत भए तापनि राजा बन्न मन्त्रिपरिषद्को निर्णय चाहिन्थ्यो । वैदिक मान्यता अनुसार राज्याभिषेकमा राजा भन्थे- अदण्डोस्मिअथात् मलाई दण्ड दिन पाइँदैन । यस्तोमा उनका गुरु प्रतीकात्मक रूपमा कुशको दण्ड लिएर राजालाई पिट्दै भन्थे-धर्म दण्डोकस्ति अर्थात् तिमीमाथि धर्मको दण्ड छ र राजा पिटाइ खाँदै वेदीको परिक्रमा गर्दथे । राम आफ्नो शासनकालमा जनमतको कदर गर्थे भन्ने उदाहरण उनले एउटा धोबीको कुरा सुनेर सीतालाई वनवास पठाएका थिए । हाम्रा कथित शासकवर्ग जनमतको पूर्ण उपेक्षा गर्दै विदेशी शक्ति राष्ट्रको आदेशमा उसको हित हुनेगरी निर्णयहरू गर्ने गर्छन् ।

एउटा राजाको रूपमा रामको दैनिक चर्या सूर्योदयभन्दा पूर्व उठ्ने, स्नानादिपश्चात् कुल देवता, पितृ र विप्रहरूको पूजा गर्ने, तत्पश्चात् बाहृय कक्षमा गएर नबिराई प्रतिदिन आफ्नो उत्तरदायित्वहरूको बहन गर्ने । हाम्रा राजाहरू संसदको भत्ता हाजिर टाप गरेर पचाउँछन् तर राष्ट्रलाई असर पर्ने निर्णय हुँदा संसदबाट गायब हुन्छन् । यसपछि राम अमात्यहरू, पुरोहितहरू, सैन्य अधिकारीहरू, जनपदहरूका अधिकारीहरू, पौरवर्गसँग विचार विमर्श गर्थे । शासन कार्यबाट विश्राम पाएपछि ऋषिहरू तथा गुरुजनसँग नीति वचन सुन्थे, मध्याहृनको समय आफ्नो परिवारजन र सीतालाई दिन्थे र दिनको बाँकी समय गुप्तचरहरूसँग विचार विमर्शलाई दिन्थे ।

रामराज्यको संसद वा सभाको आदर्श थियो, त्यो सभा सभा होइन जहाँ वृद्ध नहोस्, त्यो वृद्ध वृद्ध होइन जसले धर्मयुक्त कुरा गर्दैन, त्यो धर्म धर्म होइन जो सत्य नहोस् र त्यो सत्य सत्य होइन जो निःस्वार्थ भावले प्रेरित नहोस् ।

उनको शासन व्यवस्थाको एउटा रूप यो थियो कि राज्यका प्रजाहरूले सरलतापूर्वक उनलाई भेटेर आफ्ना गुनासाहरू सुनाउन पाउँथे । हामीले रामकथा सुन्दा सुन्ने गर्छौं कि रामले मध्यरात्रिमा पनि कसैको रोदन सुने जुरुक्क उठेर उनको सेवामा हाजिर हुन्थे । रामराज्यमा प्रजाको दोष तथा पापहरूको जिम्मा राम स्वयंले नै लिने गर्थे । रामराज्यको संसदमा जसलाई परिषद भनिन्थ्यो पूर्ण शिष्टाचारको आवश्यकता हुन्थ्यो । रामराज्यमा सभासदलाई बोल्ने अनुमति दिएपछि मात्र बोल्न पाउँथे । राजा स्वयं अनुशासित हुनुपथ्र्यो । रामराज्यको संसद वा सभाको आदर्श थियो, त्यो सभा सभा होइन जहाँ वृद्ध नहोस्, त्यो वृद्ध वृद्ध होइन जसले धर्मयुक्त कुरा गर्दैन, त्यो धर्म-धर्म होइन जो सत्य न होस्, र त्यो सत्य सत्य होइन जो निःस्वार्थ भावले प्रेरित न होस् ।

रामराज्यमा न्याय तथा कानुन व्यवस्था आफ्नो श्रेष्ठ पराकाष्ठामा थियो । एक समय एउटा ब्राहृमणको पुत्रको असमयमा मृत्यु हुन्छ तब उनले रामको शासन व्यवस्थालाई दोषी ठहराए । त्यसपछि रामले मन्त्रिमण्डलसँग परामर्श गरेर यसको जिम्मेवारी आफूमाथि लिएका थिए । चित्रकुटमा रामले भरतलाई सोधे-कहिल्यै यस्तो त भएको छैन, कुनै मनुष्यले कुनै श्रेष्ठ, शुद्धात्मा र निर्दोष मानिसमाथि दोष त लगाएका छैनन् तथा शास्त्रज्ञानमा कुशल विद्वानहरूद्वारा त्यसका बारेमा विचार नगरीकन नै लोभका कारण उसलाई दण्ड दिइएको होस् ?
जो चोरी गर्दा समातिएको होस्, जसलाई कसैले चोरी गर्दा देखेको होस्, सोधपुछबाट पनि ऊ चोर प्रमाणित देखियो, सबै प्रमाण उसको पक्षमा हुँदाहुँदै धनको लोभमा परी चोरलाई छोडिएको त छैन ? यदि कहिले कुनै धनी र गरिबको मुद्दा राज्यको दण्डालयमा आएको होस् तिम्रा मन्त्रीले धनको लोभ आदि त्यागेर त्यस्तो मुद्दामा न्याय गर्छ ? रामराज्यमा कहिल्यै अन्याय हुँदैन्थ्यो । के हाम्रो न्यायालयमा रामराज्यको जस्तो न्याय व्यवस्था छ ? के हाम्रा न्यायाधीशहरू कुनै लोभ लालचमा वा कुनै शक्तिको दबाबमा पर्दैनन् ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?