
काठमाडौं । साउदीको रोजगारीमा कार्यरत एक विदेशी श्रमिक चोटपटक र रोगले ग्रस्त हुनुुहुन्थो । एक श्रमिकले उहाँको हात भाँच्चिएको आशंकामा डाक्टरले एक महिनाका लागि कामबाट छुट्टीमा बस्न लगाएको भए पनि आपूर्ति कम्पनीले श्रमिकहरूलाई बिरामी बिदाको तलब नदिने भएकाले आफूले दुई हप्ताभित्रै काम पुनः सुरू गर्नुपरेको बताउनुभएको थियो । अधिकांश श्रमिकहरूले श्रम आपूर्ति कम्पनीहरूसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका थिए तर धेरैले काम समाप्त हुनुअघि अमेजनका कार्यस्थलहरूमा १२ महिनाभन्दा कम समय बस्नुपर्ने बाध्यता थियो । जसलाई उनीहरूमध्ये कसैले कामबाट ‘निष्कासन’ गरे बराबर भएको बताउँछन् ।
त्यसपछि आपूर्ति कम्पनीहरूले यी ‘बेरोजगार’ व्यक्तिहरूलाई अझ खराब बासस्थानमा सारे, तलब रोके र केही अवस्थामा खाना भत्ता दिन बन्द गरे । साउदी राज्यबाट कुनै सामाजिक सुरक्षा वा सहयोगबिना केही श्रमिकहरू रोटी र नुन खाएर र नुनपानी पिएर बाँचे । किरण नाम गरेका एकजना श्रमिकले भन्नुभयो, ‘बासस्थान एकदमै फोहोर थियो । वातानुकूलित अवस्था (एयर कन्डिसनिङ) थिएन, पंखा थिएन । तापक्रम ५० डिग्री सेल्सियस थियो । त्यहाँ धेरै श्रमिकहरू थिए ।’ बिस्तरा, खाना पकाउने ग्याँस वा पिउने पानी थिएन । त्यहाँ इन्टरनेट थिएन, त्यसैले हामीले हाम्रो परिवारलाई सम्पर्क गर्न नसकेको बताउनुहुन्छ ।
साउदी अरेबियामा फसेकाहरू
धेरैजसो अन्तर्वार्ता दिनेहरूले थप काम पाएनन् तर ठेकेदारहरूले साउदी अरेबियाको प्रायोजन (स्पोनसरसिप) प्रणाली अर्थात् कफालाको फाइदा उठाए, जसले हालैका केही सुधारका बाबजुद विदेशी श्रमिकहरूलाई उनीहरूका रोजगारदाताहरूसँग बाँध्छ, उनीहरूलाई रोजगारदाताको सहमतिबिना काम परिवर्तन गर्नबाट रोक्छ र स्वतन्त्ररूपमा देश छोड्ने क्षमतालाई पनि सीमित गर्दछ । श्रमिक आपूर्ति कम्पनीका प्रबन्धकहरूले साउदी नियमअन्तर्गत श्रमिकहरूलाई पहिलो वर्षभित्र रोजगारदाता परिवर्तन गर्नका लागि आवश्यक पर्ने ‘स्थानान्तरण इजाजत’ कागजातहरू उपलब्ध गराउन अस्वीकार गरे ।
अनुमतिबिना श्रमिकहरू निस्किएमा ‘फरार’ भनी गिरफ्तारीको जोखिम उठाउनुपर्दछ । धेरै आफ्नो करार समाप्त हुनुअघि घर फर्कन चाहन्थे तर अल–मुताइरी प्रबन्धकहरूले कानुनीरूपमा उपलब्ध गराउनुपर्ने हवाई टिकटहरू किनिदिएनन् र श्रमिकहरूलाई बाहिरिने कागजातहरूका लागि अमेरिकी डलर एक हजार ३३० देखि एक हजार ६०० सम्मको ‘जरिवाना’ तिर्नुपर्ने बताइदिए । यसरी श्रमिकहरू अमेजन ठेकेदारहरूको कृपामा डरलाग्दो अवस्थामा फसेका थिए ।
केहीले आत्महत्या गर्ने सोच बनाएका थिए । देवले भन्नुभयो, ‘मैले पर्खालबाट हाम फाल्ने प्रयास गरेँ, आत्महत्या गर्ने प्रयास गरेँ । मैले मेरी आमालाई यो कुरा भनेँ र उहाँले हुँदैन, त्यसो नगर हामी ऋण लिउँला’ भन्नुभयो । उहाँले ऋण लिनुभएको पनि आठ महिना बितिसक्यो र ब्याज बढिरहेको छ ।’
अमेजनका विफलताहरू
सन् २०२० मा अमेजन त्यहाँ सञ्चालनमा आउनुअघि साउदी अरेबियामा आप्रवासी श्रमिकहरूको जोखिमका बारेमा राम्रो दस्तावेजीकरण गरिएको थियो र सन् २०२१ मा गरिएको अमेजन जोखिम मूल्यांकनमा यसको पहिचान गरिएको थियो, जसको अर्थ कम्पनीलाई यस देशमा श्रम दुव्र्यवहारको उच्च जोखिम रहेका बारेमा थाहा थियो ।
श्रमिकहरूले सन् २०२१ मा साउदी अरेबियामा अमेजन प्रबन्धकहरूसँग गोदामहरूमा छुट्याइएका सेतोपाटीमा लेखेर वा दैनिक बैठकहरूमा मौखिकरूपमा भनेर लगायतबाट प्रत्यक्षरूपमा गुनासो गर्न थालेका थिए, तथापि उक्त गुनासोलाई प्रायः बेवास्ता गरियो र दुव्र्यवहारहरू सन् २०२३ मा पनि जारी रहे । ‘आपूर्ति कम्पनीसँग रहेका हाम्रा हरेक समस्याहरूका बारेमा अमेजनलाई थाहा छ । अमेजनले दैनिक बैठकहरूमा श्रमिकहरूले सामना गर्ने समस्या र सवालहरूका बारेमा सोध्ने गर्छ,’ एक श्रमिक किरणले भन्नुभयो ।
अमेजनसँग गुनासो गर्ने केही श्रमिकहरूले ठेकेदारहरूको प्रतिशोधको सामना गर्नुपरेको कुरा बासस्थानका बारेमा अमेजनलाई गुनासो गरेपछि तलब कटौती गरिएको एकजनाले बताउनुभयो । आवासमा पानीको गुणस्तरका बारेमा अमेजनलाई गुनासो गरेका अर्का एकजनाले उनलाई आपूर्ति कम्पनीको कार्यालयमा लगेर अल–मुताइरीका पर्यवेक्षकले धकेल्ने र थप्पड हान्ने कार्य गरेको जानकारी दिनुभयो । उहाँहरूमाथि भएको आक्रमणका बारेमा अमेजनका प्रबन्धकलाई जानकारी गराउँदा ‘यो हाम्रो सरोकारको विषय होइन’ भनेर उहाँलाई भनियो ।
अमेजनले आफ्नै नीति वा व्यवसाय र मानव अधिकारसम्बधी संयुक्त राष्ट्रसंघीय मार्गनिर्देशक सिद्धान्तहरू पालन गर्न असफल भएर श्रमिक दुव्र्यवहारमा योगदान पुर्याएको र अन्तर्राष्ट्रिय कानुन र मापदण्डहरूले परिभाषित गरेअनुसार मानव बेचबिखनका पीडितहरूको श्रमसेवाबाट सम्भवत लाभान्वित भएको तथ्य प्रतिवेदनले फेला पारेको छ ।
सुधार र उपचार
श्रमिकहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै आफ्नो कार्यस्थल र आपूर्ति शृंखलाहरूमा काम गर्ने अभ्यासका बारेमा छानबिन गर्न, उचित सावधानीलाई सशक्त बनाउन र श्रमिकहरूले प्रतिशोध खेप्नुनपर्ने डररहित वातावरणमा आवाज उठाउन र सुनिन सक्ने कुरा सुनिश्चित गर्न अमेजनलाई प्रतिवेदनले सिफारिस गरेको छ ।
श्रमिकहरूको अधिकारलाई अझ राम्रोसँग सुरक्षित गर्नका लागि अमेजनलाई धेरै कर्मचारीहरू सिधै भर्ना गर्न र विशेषगरी दुव्र्यवहारको उच्च जोखिम भएको अवस्थामा श्रम आपूर्ति कम्पनीहरूमा आफ्नो निर्भरता घटाउनका लागि प्रतिवेदनले सिफारिस गरेको छ । यस्ता कम्पनीहरूलाई प्रयोग गरेको अवस्थामा दुव्र्यवहार रोक्नका लागि धेरै कडा नियन्त्रणका व्यवस्थाहरू राखिनुपर्दछ ।
अमेजनले सन् २०२३ को मार्च र जुन बीचमा अल-मुताइरी र अन्य ठेकेदारहरूको परीक्षण गरिएको र उक्त परीक्षणले हाम्रो निष्कर्षहरूसँग मिल्दोजुल्दो दुव्र्यवहारहरू फेला पारेको एम्नेस्टी इन्टरनेसनललाई बताएको थियो । अमेजनले हालसालै आपूर्ति कम्पनीहरूको श्रम अभ्यासहरूको समीक्षा गर्न र यस प्रतिवेदनका लागि अन्तर्वार्ता दिएकाहरूको भर्ना शुल्कको पुनर्भुक्तानी गर्ने लगायत केही दुव्र्यवहारका लागि उपचार प्रदान गर्न परामर्शदाताहरू नियुक्त गरेको बताएको छ । तथापि, आजसम्म कसैले पनि पैसा प्राप्त गरेका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच