✍️ गम्भीरबहादुर हाडा
वन, जलशक्ति, माटो, खनिज, आदि प्रकृतिको देनलाई प्राकृतिक साधन भनिन्छ । देशको आर्थिक विकासको मूलभूत साधन नै यिनै प्राकृतिक साधन हुन् । प्राकृतिक साधनभित्र वनजंगल, जलशक्ति, खनिज साधन, प्राकृतिक दृश्य, माटो आदि । हिउँका टाकुरा, हिमनदी, नदी, जंगल, पर्वत, कुण्ड आदि प्राकृतिक सौन्दर्यका मुख्य स्रोत हुन् । प्रकृतिक साधन कमजोर भएको देश भन्दा प्राकृतिक साधनले सम्पन्न देश बढी विकसित हुन्छन् । हाम्रो देश नेपाल आयतनमा सानो भए तापनि प्राकृतिक साधनमा केही हदसम्म सम्पन्न छ । तर प्राकृतिक साधन भएर मात्र हुँदैन त्यसको सदुपयोग राम्ररी हुनु आवश्यक छ । अर्थात् आर्थिक विकास प्राकृतिक समुन्नतिमा निर्भर गर्दछ ।
आर्थिक विकासको लागि महत्वपूर्ण अर्को साधन हो मानव साधन । किनभने देशको उन्नति गर्ने प्रक्रिया तथा प्रवृत्ति मानिस कै हातमा रहेको छ । निष्क्रिय उपलब्ध प्राकृतिक साधनहरूको परिचालन गर्ने सक्रिय मानव जाति नै हो । यदि कुनै देशमा अनुत्पादक जनसंख्या र उत्पादनका साधन न्यूनतम छ भने जनताको जीवनस्तर उकास्न सक्दैन । यसकारण जनसंख्या अथवा मानव साधन, आर्थिक विकास र जनसंख्या अथवा मानव साधन, आर्थिक विकास र उपलब्ध प्राकृतिक साधनहरूबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
अर्थशास्त्री डब्लु.ए.लेविसको भनाइ अनुसार ‘मान्छेहरू कुनै पनि देशको गरिब हुनुभन्दा त्यस देशमा सहजै प्राप्त हुने प्राकृतिक साधनहरूको सही उपयोग गरिनुमा तिनीहरूको कल्याण अन्तरनिहीत हुने गर्दछ ।’ विगतका बहुसंख्यक अल्पविकसित अरेबियन मुलुकहरू आज वैदेशिक लगानी र प्रविधि हस्तान्तरणको प्रविधिबाट तेल उत्खनन् गरी विश्वका धनी मुलुकहरूको दर्जामा पुगेको तथ्य हामी समक्ष देख्न सक्छौं । प्राकृतिक साधनको विकास गर्न सकेमा कृषि उत्पादनमा वृद्धि, औद्योगिक विकास, शक्ति साधन, यातायातको विकास, रोजगारमा वृद्धि, निर्यातमा वृद्धि, विदेशी मुद्राको आर्जन गर्न सकिन्छ ।
आर्थिक विकासको लागि प्राकृतिक साधन प्रचुरमात्रामा उपलब्ध हुनुपर्दछ । न्यून मात्रामा प्राकृतिक सम्पदा भएको देशमा आर्थिक विकास छिटो छरितो हुदैन । विकासोन्मूख देशहरूमा पछौटेपनको कारणले गर्दा उपलब्ध प्राकृतिक साधनहरू उपयोगमा आइरहेका हुँदैनन् । आर्थिक विकास हुनका लागि प्रचुरमात्रामा प्राकृतिक साधन उपलब्ध भएर मात्र हुँदैन । उपलब्ध भएको प्राकृतिक साधनको उचित रूपले परिचालन पनि हुनु आवश्यक छ । उपलब्ध साधनको उचित रूपले प्रयोग गरि आर्थिक विकासको क्रममा टेवा पुर्याउन प्रविधि र बुद्धि विचारमा विकास हुनुपर्दछ ।
उद्योगबाट मानिसलाई रोजगारी प्राप्त हुन्छ र जीवनस्तर बढ्छ । कतिपय देशमा निर्यात प्रबद्र्धन उद्योगहरू नै पनि प्राकृतिक सम्पदामा आधारित छन् । खाडीका देशहरूको मुख्य निर्यात नै खनिज तेल रहेको छ अतः प्राकृतिक सम्पदाले औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
तर, न्यून प्राकृतिक साधन भएको देशको आर्थिक विकास हुँदैन भने कुरा सत्य छैन । जापान न्यून प्राकृतिक साधन भएको देश हो तर हाल विश्वको एक प्रमुख विकसित देशको रूपमा गरिन्छ । जापानले आफ्नो सीमित न्यून प्राकृतिक साधनको उचित प्रयोग गरेको छ । प्राकृतिक साधन भन्नाले भूमि, वन, जंगल, जलसम्पदा तथा खनिज सम्पदा आदि भन्ने बुझिन्छ । अर्को शब्दमा प्राकृतिक सम्पदा भनेको प्रकृतिद्वारा निःशुल्क दिएको उपहार हो । जुन मानिसले निर्माण गर्न सक्दैन र देशको विकासको लागि आवश्यक हुन्छ ।
संयुक्त राष्ट्र संघको सन् १९७० को प्रतिवेदन अनुसार “प्राकृतिक वातावरणभित्र पाइने कुनै पनि चीज हो जसलाई मानव जातिले कुनै न कुनै किसिमले आफ्नो लाभका लागि प्रयोग गर्न सक्दछ । व्यापक अर्थमा तेल, कोइला, ग्यास, जलस्रोत, बिरुवालाई पोषण तत्व दिने माटो, घर, बाटोघाटो आदि बनाउनको लागि उपलब्ध धरातल मानव जीवनमा अत्यावश्यक महत्व राख्ने हावा, पानी आदिका सम्पूर्ण चीजहरू प्राकृतिक साधनअन्तर्गत पर्दछन् ।
प्राकृतिक साधनहरूको आर्थिक महत्व दुई कुराहरूमा निर्भर गर्दछ : (क) उत्पादनको पूरक साधनहरूको उपलब्धता–यदि कुनै राष्ट्र«मा पुँजी, कुशल, श्रम, उद्यम र प्रविधि, ज्ञान आदि पूरक साधन पर्याप्त मात्रामा उपलब्ध हुन्छ भने प्राकृतिक साधनको महत्व बढ्छ । (ख) पर्याप्त मात्रामा माग हुनु : कुनै राष्ट्रमा वस्तु तथा सेवाहरूको माग अपर्याप्त भएमा प्राकृतिक साधनको महत्व घट्दछ । फेरि प्राकृतिक साधनको वा अथवा आर्थिक महत्व समय, स्थान, खोज आदि मानिसहरूको आदत र रुचिमा परिवर्तनको प्रभाव पर्दछ । व्यापक अर्थमा तेल, कोइला, ग्यास, जलस्रोत बिरुवालाई पोषण तत्व दिने माटो, घर बाटोघाटो आदि बढाउनको लागि उपलब्ध धरातल, मानव जीवनमा अत्यावश्यक महत्व राख्ने हावा, पानी आदि सम्पूर्ण चीजहरू प्राकृतिक साधनअन्तर्गत पर्दछन् ।
प्राकृतिक साधन निम्न तीन प्रकारका छन् ।
(क) अविनाशी प्राकृतिक साधनहरू : हावा, माटो, पानी आदि । (ख) पुनः उत्पादन योग्य प्राकृतिक साधन : पानी, वनजंगल, चरन (ग) स्थिर र पुनः उत्पादन हुन नसक्ने प्राकृतिक (१) अविनाशी प्राकृतिक सम्पदा ः प्राकृतिकबाट अविनाशी स्रोतको रूपमा प्राप्त हुने हावा, ताप, वर्षा, प्राकृतिक सौन्दर्य आदि यसका उदाहरण हुन् । यिनको समुचित उपयोग भएमा प्रशस्त लाभ प्राप्त गर्न सकिन्छ । यी कहिल्यै नष्ट हुँदैनन् ।
पुनः नवीकरणीय प्राकृतिक सम्पदाअन्तर्गत : एकपटक प्रयोग गरिसकेपछि पनि फेरि प्रयोगमा ल्याउन सकिने सम्पदाहरू यस वर्गमा पर्दछन् । नेपालको जलभण्डार वनजंगल, समुद्रको माछा, चरन क्षेत्र, आदिलाई फेरि फेरि प्रयोगमा ल्याउन सकिन्छ । (३) नवीकरण गर्न नसकिने प्राकृतिक सम्पदा : नवीकरण हुन नसक्ने अथवा प्राकृतिक भण्डार सीमित रहेका प्राकृतिक साधन हुन् । जस्तै : खनिज सम्पदा नवीकरण हुन नसक्ने सम्पदा हो ।
प्राकृतिक सम्पदाले औद्योगिक विकासका लागि आधार बनाइदिन्छ । देशको उद्योगका लागि आवश्यक खनिज पदार्थ जस्ता कच्चा पदार्थ उपलब्ध गराउँछ । नेपालका चिनी, चुरोट, जुट, सलाई, कागज, फर्निचर, जडिबुटीजस्ता आयात प्रतिस्थापन उद्योगहरू कृषिजन्य तथा वन पैदावार कच्चा पदार्थमा आधारित छन् । खनिज उद्योग पनि केही मात्रामा सञ्चालित छन् । यस्ता उद्योगबाट मानिसलाई रोजगारी प्राप्त हुन्छ र जीवनस्तर बढ्छ । कतिपय देशमा निर्यात प्रबद्र्धन उद्योग नै पनि प्राकृतिक सम्पदामा आधारित छन् । खाडीका देशहरूको मुख्य निर्यात नै खनिज तेल रहेको छ । अतः प्राकृतिक सम्पदाले औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
देश प्राकृतिक साधन र स्रोतले सम्पन्न हुनसके यसको राम्रो सदुपयोगबाट पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । जल स्रोतबाट बिजुली निकाली विदेशमा निर्यात गर्न सकिन्छ । वन एवं खनिज स्रोतसँग सम्बन्धित उद्योग खोन्द्य सकिन्छ ।
आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख गरिए अनुसार यस आर्थिक वर्षमा देशभित्र रहेका खानी यकिन गर्न नक्सांकन, अन्वेषण र उत्खनन्को कार्य हुँदै आएको छ । हालसम्म गरिएको खनिजको अध्ययन र अन्वेषणबाट २५ जिल्लामा करिब ७० करोड टन प्रमाणित, २० करोड टन अर्धप्रमाणित तथा ३७ करोड टन सम्भाव्य गरी करिब १ अर्ब २७ करोड टन चुनढुंगा अन्वेषण भएको छ । हाल १ करोड ७० लाख टन प्रतिवर्ष क्षमताको २६ एकीकृत उद्योग (सिमेन्ट, क्लिंगरसहितका) सञ्चालनमा छन् भने २ सिमेन्ट उद्योग र ३८ ग्राइन्डिङ युनिट निर्माणाधीन छन् । हाल यी उद्योग ७० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् ।
यस्ता उद्योगबाट वार्षिक १ करोड टन सिमेन्ट स्वदेशमै उत्पादन हुने अनुमान छ । सिमेन्टमा नेपाल आत्मनिर्भर भई चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्ममा सिमेन्ट र क्लिंकर गरी कूल ३० करोड ५५ लाखको सिमेन्ट निर्यातसमेत भएको छ । खानीजन्य उद्योग स्थापनाका लागि हालसम्म विभिन्न ५० प्रकारका खनिजको प्रवद्र्धन भएको छ । खनिज प्रवद्र्धनलाई निरन्तरता दिँदै विभिन्न क्षेत्रका थप ९ खनिजहरू (तामा खनिज तीनवटा (धादिङ र गोरखा), फोस्फोराइट दुईवटा (बैतडी), चुनढुंगा दुईवटा (सुर्खेत र सल्यान), डोलोमाइट एकवटा (खोटाङ), म्याग्नेसाइट एकवटा (उदयपुर)) को प्रवद्र्धनका लागि कार्य अगाडि बढेको छ ।
आर्थिक वर्ष २०७९/०८० को फागुनसम्ममा महोत्तरीको बर्दीबासमा १०० वर्ग किमी क्षेत्रमा व्यवस्थित शहरी विकास र फोहोर मैला व्यवस्थापनका लागि भू–इञ्जिनियरिङ तथा भू-वातावरणीय अध्ययन कार्य सम्पन्न भएको छ । दैलेखस्थित पेट्रोलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि जियोफिजिकल सर्भे सम्पन्न भएको छ । ड्रिलिङ कार्यका लागि क्षेत्र पहिचान भएको छ । उपभोग्य वस्तु तथा सेवाको गुणस्तर कायम गर्न विभिन्न क्रियाकलाप सञ्चालन भएका छन् ।
हालसम्म सिमेन्ट-ओपिसि, पिपिसि, पिएससी, ओपिसी (४३ ग्रेड) र ओपिसी (५३ ग्रेड), फलामे छडहरू, एलपिजी सिलिन्डर, रेगुलेटर, होज पाइप (ग्यास चुल्होको पाइप), भल्भ फिटिङ, जीआई सिट, बिजुलीको तार लगायत १४ वस्तुमा नेपाल गुणस्तर अनिवार्य गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को फागुनसम्म २३ विभिन्न वस्तु, सेवा र प्राणालीमा नेपाल गुणस्तर इजाजत र प्रामाण चिहृन प्रदान गरिएको छ । विभिन्न १,३४७ नमुनाको रासायिक तथा भौतिक परीक्षण तथा विश्लेषण गरिएको छ । साथै, १०९६ नापतौल यन्त्रको क्यालिब्रसन सेवा प्रदान गरिएको छ । साथै, १६ हजार ६ सय ९१ व्यवसायीलाई अनियमित नापतौल तथा नाप्ने तौलन यन्त्र प्रयोग गरेबापत कारबाही गरी ४ व्यवसायीलाई अभियोग पत्र दायर गरिएको छ ।
वर्तमान पन्ध्र्रौ योजना २०७६-२०८१ मा प्राकृतिक साधनको विकास कार्यक्रमअन्तर्गत जलविद्युत्को दिगो र भरपर्दो विकासमार्फत मुलुकको समृद्धिमा योगदान गर्ने सोच राखिएको छ भने जलविद्युत्को तीव्र उत्पादन गरी ऊर्जा सुरक्षा सुनिश्चित गर्ने लक्ष्य पनि राखिएको छ । त्यस्तै जलविद्युत्को उत्पादन वृद्धि गर्दै स्वच्छ ऊर्जाको उपलब्धता सुनिश्चित गर्नु, ऊर्जा दक्षतासहित गुणस्तरयुक्त, भरपर्दो र सुलभ रूपमा सबै घरपरिबार र उत्पादनशील क्षेत्रमा विद्युत् सेवाको पहँुचमा विस्तारगरी विद्युत् खपत वृद्धि गर्नु, क्षेत्रीय ऊर्जा निर्यात् व्यापार अभिवृद्धि र पेट्रोलियम पदार्थको आयात क्रमशः प्रतिस्थापन गर्दै भुक्तानी सन्तुलनलाई अनुकूल बनाउन योगदान पु¥याउने उद्देश्यसमेत राखिएको पाइन्छ ।
वातावरण व्यवस्थापनका सम्बन्धमा व्यवस्थित नीतिलाई विषयगत निकायले आफ्नो कार्यक्रम कार्यान्वयन गर्दा आवश्यक प्राथमिकता नदिएको, विभिन्न क्षेत्रगत नीति तथा कार्यक्रमसँग वातावरण नीति तथा कार्यक्रमको स्पष्ट तालमेल हुन नसकेको, अन्तरनिकायगत समन्वयको अभाव भएको, वातावरण संरक्षण सचेतना लक्षित समुदायसम्म पुग्न नसकेको, गैरसरकारी संस्था÷दातृ संस्थाबाट भए÷गरेका काम समन्वयात्मक रूपमा सञ्चालन हुन नसकेको जस्ता समस्या देखिएका छन् ।
वातावरण व्यवस्थापन सम्बन्धमा व्यवस्थित नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु, स्वीकृत मापदण्डको पालनालगायत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको प्रभावकारी कार्यान्वयन गर्नु तथा व्यक्तिको स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्नु जस्ता चुनौती छन् । वातावरणको क्षेत्रमा विकासका प्रयासहरू तत्कालको फाइदा प्राप्तितर्फ परिलक्षित हुनु, आर्थिक विकासलाई दिगो बनाउनका लागि वातावरण व्यवस्थापनलाई कार्यान्वयन तहमा उतार्न नसक्नु, वातावरणीय क्षतिको कारण पत्ता लगाई समाधान गर्नुभन्दा पनि क्षेत्रगत विकासको सोचअनुरूप कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रयासमा निरन्तरता रहनुजस्ता समस्या रहेका छन् ।
वन विनाश, माटोको क्षय, उत्पादनशीलतामा ह्रास एवं मरुभूमीकरण, बाढी, पहिरो, जैविक विविधताको ह्रास प्रमुख ग्रामीण वातावरणीय समस्याको रूपमा रहेका छन् भने शहरी क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन, पानी तथा वायु प्रदूषण व्यापक बन्दै गएको छ । साथै ध्वनिको उच्चतहबाट सिर्जित समस्या पनि शहरी र औद्योगिक क्षेत्रमा चिन्ताको विषय बन्दै गएको छ । त्यसैगरी बढ्दो मरुभूमिकरण, हिमताल विष्फोटनका कारण वातावरण विनाशकै अभिन्न अंगको रूपमा पाइएको छ । प्राकृतिक साधनको सदुपयोगमा अन्वेषणदेखि प्रशोधनसम्मको कार्य आवश्यक पर्ने महँगा पुँजीगत सामग्री, यन्त्र, उपकरण, प्राविधिक जनशक्ति आदिमा लगानी गर्न अल्पविकसित मुलुकहरूमा आवश्यक पुँजीको अभाव रहेको छ ।
अल्पविकसित देशमा विद्यमान प्राकृतिक साधनको उचित प्रयोगका लागि आवश्यक पर्ने यातायात, सञ्चार, विद्युत्जस्ता पूर्वाधारको विकास हुन सकेको छैन भने प्राकृतिक साधनको राम्रो दोहनका लागि प्राविधिक जनशक्ति एवं ज्ञानको अभाव छ । प्राकृतिक साधनको सदुपयोग गर्न प्रशस्त पुँजी चाहिन्छ । अन्वेषणदेखि प्रशोधनसम्मका लागि महँगा पुँजीगत सामग्री, यन्त्र-उपकरण तथा विशिष्ट विशेषज्ञ प्रयोग गर्नुपर्दछ तर अल्पविकसित देशसँग लगानी गर्न पर्याप्त पुँजी हुँदैन । त्यहाँ राष्ट्रिय आम्दानी कम हुन्छ र पुँजी-निर्माणको दर कम छ । बचत तथा लगानी पनि कम छ । त्यसैले प्राकृतिक साधनको सदुपयोग गर्न आवश्यक रकम लगानी गर्न सकेको हुँदैन ।
प्राकृतिक सम्पदा सदुपयोग गर्न उच्चस्तरीय प्राविधिक ज्ञानको आवश्यक पर्दछ । अल्पविकसित देशमा त्यस्ता प्राविधिकको संख्या अत्यन्त सीमित छ । विदेशी प्रविधिको आयात गरेमा त्यसको राम्रो प्रयोग हुन सक्दैन । यसले गर्दा पनि प्राकृतिक सम्पदाको सदुपयोग हुन सकेको छैन । प्राकृतिक साधन देशको विभिन्न विकट ठाउँहरूमा छरिएर रहेको हुन्छ । तिनको सदुपयोगका लािग यातायात, सञ्चार, विद्युत्जस्ता पूर्वाधारको विकास हुनुपर्दछ । तर अल्पविकसित देशमा यस्ता पूर्वाधारको राम्रो विकास हुन सकेको पाइँदैन ।
कुनै पनि देशमा प्राकृतिक साधन भनेका आर्थिक विकासलाई दिगो बनाउने मूल आधार हुन् । जलसम्पदा, वनसम्पदा एवं खनिज सम्पदालाई राम्रोसँग परिचालन एवं सदुपयोग गरेर आर्थिक विकासलाई तीव्र पार्न सकिन्छ । कृषि उत्पादनमा वृद्धि हुन जान्छ । कृषि उत्पादनमा भएको वृद्धिले व्यक्तिगत एवं राष्ट्रिय आम्दानीमा वृद्धि हुन जान्छ । देशमा खाद्यान्नको समस्या समाधान हुन्छ र देश विकासको गतिमा अगाडि बढ्न सक्दछ । तर, विकासोन्मुख राष्ट्रहरूमा प्राकृतिक साधन विद्यमान भएर पनि आर्थिक विकासमा पछाडि परेका छन् । यस्तो हुनुमा कृषि भूममा जल स्रोतलाई परिचालन गर्न नसक्नु, उपयुक्त स्रोतको पहिचान गर्न नसक्नु आदि नै प्रमुख कारण हुन् ।
अतः प्राकृतिक सम्पदा विशेषगरी जलसम्पदा आर्थिक विकासको मूल आधार हो । देशमा पर्याप्त प्राकृतिक साधन भएमा कृषि, वन एवं खनिजमा आधारित उद्योगको स्थापना गरी मुलुकलाई औद्योगिकीकरण गर्न सकिन्छ । जुन देशमा जल सम्पदा, खनिज सम्पदा एवं वन सम्पदा अत्यधिक हुन्छ त्यो देशमा औद्योगिक विकास तीव्र रूपले भएको हुन्छ । जल सम्पदालाई यदि राम्रोसँग परिचालन गर्न सकियो भने एकातिर कृषि क्षेत्रको उत्पादन बढी कृषि पैदावारमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको परिपूर्ति गर्न सकिन्छ भने अर्कोतिर देशमा पर्याप्त बिजुली निकाली उर्जाको समस्या समाधान गर्न सकिन्छ ।
त्यस्तैगरी सलाई, फर्निचर आदि जस्ता वन सम्पदामा आधारित उद्योगको स्थापना गर्न सकिन्छ । साथै पर्याप्त फलाम, सुन, चाँदी तथा अन्य खनिज साधनहरू भएमा यिनीसँग सम्बन्धित उद्योग स्थापना गरी मुलुकमा औद्योगिक विकासको गतिलाई तीव्र पार्न सजिलो पर्दछ । नेपालको सन्दर्भमा आयात प्रतिस्थापन उद्योग कृषि तथा वन पैदावारमा सम्बन्धित कच्चा पदार्थमा आधारित रहेको पाइन्छ ।
देश प्राकृतिक साधन र स्रोतले सम्पन्न हुन सके यसको राम्रो सदुपयोगबाट पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । जल स्रोतबाट बिजुली निकाली विदेशमा निर्यात गर्न सकिन्छ । वन एवं खनिज स्रोतसँग सम्बन्धित उद्योग स्थापनाबाट एकातिर विद्यमान कच्चा पदार्थको सदुपयोग गर्न सकिन्छ भने अर्कोतिर निर्मित सामान विदेशमा निर्यात गर्न सकिन्छ जसबाट पर्याप्त मात्रामा विदेशी मुद्राको आर्जन हुन सक्दछ । मुलुकलाई आवश्यक पर्ने इन्धनको स्रोत प्राप्त गर्न प्राकृतिक साधनको महत्व अधिक रहन्छ । प्राकृतिक साधनबाटै दाउरा, कोइला, मट्टितेल, पेट्रोल, विद्युत् आदि प्राप्त गर्न सकिन्छ ।
यसले देशमा यातायात तथा सञ्चार जस्ता पूर्वाधारको विकास हुन गई देशलाई आधुनिकीकरण गर्नमा सघाउ पु¥याउँदछ । यसरी विश्वका विकसित एवं विकासोन्मुख हरेक राष्ट्रमा प्राकृतिक साधनले महत्वपूर्ण भूमिका निभाएको हुन्छ । प्राकृतिक साधन नै देशका वास्तविक सम्पत्ति हुन । यसैको आधारमा नै कुनै पनि सम्पन्न एवं निर्धन हुन पुग्दछन् । प्राकृतिक साधनका साथसाथै देशमा मानवसाधन पनि पर्याप्त भएमा देश आर्थिक एवं औद्योगिक विकासको शिखरमा पुग्न सक्दछ र देश आत्मनिर्भर बन्दछ । अतः कुनै पनि देशको सर्वांगीण विकासका लागि प्राकृतिक साधन एउटा आधार स्तम्भ हो भन्न सकिन्छ । (हाडा भक्तपुर बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयका सह-प्राध्यापक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच