विराटनगर । केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका छन्।
शुक्रबार नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् ।
उनीहरुले विहिबार नै ४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् ।
बिहीबार नै दाबी पेश गरे पनि अहिलेसम्म मुख्यमन्त्रीमा नियुक्त नगरेपछि सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएर दबाब दिएका हुन् ।
यता मुख्यमन्त्रीमा गठबन्धन ढकांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा) का तर्फबाट इन्द्र आङ्बोले पनि दाबी प्रस्तुत गर्नुभएको छ ।
असोज २० गते प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीकोलागि आधार सहित दाबी प्रस्तुत गर्न २६ गते साँझ ५ बजेसम्मको समय दिनुभएको थियो ।
कोशी प्रदेश मुख्यमन्त्रीमा दुई जनाको दाबी परेकाले प्रदेश प्रमुख कानुनी परामर्शमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच