
काठमाडौं । नेपाली काँग्रेसकी नेतृ आरजु राणा नेपाली काँग्रस पार्टीलाई एकतावद्ध गरेर लान नसके एतिहासले सराप्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले अहिलेको अवस्थामा नेपाली काँग्रेसलाई सबै मिलेर एकतावद्ध बनाएर लैजान नसके एतिहासले सराप्ने बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस पार्टीका अग्रज नेताहरुले बोल्नसम्म नसक्ने अफ्ठ्यारो अवस्थाबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको भन्दै विगतको विरासतलाई अहिलेका नेताहरुले कायम राख्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले नेपाली काँग्रेसलाई एकतावद्ध बनाएर लैजान नसके अहिलेको पुस्तालाई गाली स्वर्गिय महान नेताहरुको आत्माले शान्ति नपाउने बताउनु भयो। उहाँले अफ्ठ्यारो अवस्था पार गरी संविधानमा लोकतन्त्र र समाजवादमा विश्वास गरेर बनाएको अहिलेको अवस्थामा समेत दौड्न नसक्नु राम्रो नभएको बताउनु भयो । उहाँले नेताहरु पार्टी र देश बनाउने भन्दा पनि खाली एउटाले अर्कोलाई ढुङ्गा हानेर समय बिताउने काम भएको बताउनु भयो । उहाँले अग्रज नेताहरुले नेपाली काँग्रेसका युवा नेताहरुलाई यस्तो कुरा नसिकाएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ हामीले एक सय वर्षको इतिहास हेर्नुपर्छ । अहिले फेसबुकको स्टाटस हेरेर निर्णय गर्ने बेला भयो र ? जे पनि क्षणिक हुन्छ र ? इतिहास पनि केही होला ? समयको चक्र पनि घुमिरहेको छ । त्यसलाई विचार गरेर हेर्ने हो भने नेपाल काँग्रेस पार्टीले जति एचिपमेन्ट कुन देशमा कुन पार्टीले गरेको छ । एकलैटी अचिपमेन्ट । जति पनि यहाँ ठूल–ठूलो उपलब्धी र घटनाहरु भए जन २००७,२०४२,२०४६,२०६०/६३ र जनयुद्धको खेपाई र संविधान बनाउने काम कुन पार्टीको नेतृत्वमा भयो त ? नेपाली काँग्रेसको नेतृत्वमा होइन । हेरक कार्यक्रम स्वर्गिय नेताहरुलाई माल्यार्पण गछौं । उहाँहरुको एक–एक दिनको किमत कसले लिने ? पुराना नेताहरुले परिवार त्याग गरेर देश र पार्टीको लागि काम गर्नुभयो । उहाँहरुलाई हेरेर पनि कसरी धैर्यधारणा गर्ने कसरी मिलेर जाने भन्ने कुरा सिक्नुपर्छ । कालकोठरीमा राख्ने बोल्न नपाउने नजरबन्द गर्ने गाली ठोक्ने समयमा पनि नेताहरुले कसरी पार्टीलाई एकतावद्ध गरेर लैजानु भयो । बोल्न पनि ग्राहो थियो । उहाँहरुले सबै कुरा त्याग गरेर देशलाई यहाँसम्म ल्याउनु भएको हो । अहिले हामी दुई सेकेन्डमा शब्दमा चित्त बुझेन भने फेसबुक स्टाटस हालेर गाली गर्ने ? त्यो बेलामा आफ्नो पार्टीको बारेमा बोल्न पाउने थिएन । त्यस्तो समयबाट यहाँसम्म ल्याएको पार्टीलाई अहिले एकतावद्ध गरेर लगेनौं भने एतिहासले हामीलाई सराप्छ । हाम्रो पुस्तालाई गाली गर्छ । के गरौं तिमीहरुले ? ग्राहो समय पार गरेर मुलुकमा संविधान बनाएर उहाँसम्म ल्यायौं संविधानमा लोकतन्त्र र समाजवादमा विश्वास गछौं भनेर पनि लेखेका छौं । एउटा स्थान बनाइसक्यौं । त्यसमा अहिले हामीले दौड्न पनि नसक्ने ? खाली एउटाले अर्कोलाई ढुङ्गा हान्ने ? ढुङ्गा हानेर नै समय विताउने ? अग्रज नेताहरुले सिकाउनु भएको कुरा यही हो । हामीले एक पटक सोचौं । किन हाम्रो देशबाट युवाहरु पलायन भइरहेका छन् ।’
उहाँले पार्टीमा असन्तुष्टि जनाएर फेसबुकको स्टाट्स हेरेर निर्णय गर्ने बेला नभएको भन्दै पार्टीले इतिहासलाई हेर्नुपर्ने बताउनु भयो । उहाँले हरेक कुरा क्षणिक रुपमा हुन नसक्ने भन्दै समयको चक्र पनि घुमिरहेको बताउनु भयो। उहाँले नेपाली काँग्रेस पार्टीले जति उपलब्धी हासिल गरेको जति कुनैपनि देशमा कुनैपनि पार्टीले नगरेको बताउनु भयो। उहाँले नेपालका ठूला–ठूलो उपलब्धीहरु नेपाली काँग्रेसको नेतृत्वमा भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच