काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीबाट आगामी त्रिकोणात्मक सिरिज नखेल्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको भन्दै भारी मले आफूले प्रतियोगिताबाट नाम फिर्ता लिएको उहाँले बताउनुभएको हो ।
नेपालले हङकङ र युएईसँग अर्को सातादेखि त्रिकोणात्मक टी-२० आई सिरिज खेल्दैछ । सन्दीपको घोषणासँगै उहाँले उक्त त्रिकोणात्मक सिरिज नखेल्ने हुनुभएको हो । गत वर्ष बलात्कार गरेको आरोप लागेपछि उहाँले अदालतमा मुद्दा खेपिरहनुभएको छ । त्यसपछि तीन महिना बढी हिरासतमा बिताउनुभएको उहाँलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि भने उहाँ टोलीमा फर्कनुभएको हो । उक्त मुद्दाको अन्तिम फैसला हुन अझै बाँकी छ ।
सन्दीपले सामाजिक सञ्जालमा जीवनको कठिन र चुनौतीपूर्ण समयमा परिवारसँग समय बिताउन चाहेको हुँदा आगमी प्रतियोगिता नखेल्ने निर्णय लिएको उल्लेख गर्नुभएको छ ।
त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले पहिलो खेल कात्तिक १ गते युएईसँग मूलपानी क्रिकेट मैदानमा खेल्नेछ । यस्तै नेपालले कात्तिक २ गते हङ्कङसँग र नेपालले कात्तिक ४ गते पुनः हङकङसँग खेल्नेछ भने कात्तिक ६ गते युएईसँग खेल्नेछ ।
शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल कात्तिक १० गते त्रिवि मैदानमा हुनेछ । त्यसपछि नेपाली टोलीले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । कार्तिक १३ देखि २० गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच