सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ । पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुणाले बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ । कृषिले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदान पनि निरन्तर ओरालो लागेको छ । यसले कृषि क्षेत्रमा गरिएको लगानी ‘बालुवामा पानी’ खन्याएजस्तै देखिएको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा बर्सेनि करोडौँ रकम खर्चिए पनि खर्चको अनुपातमा किसानलाई उपलब्धि भने शून्य देखिएको छ । कृषि ज्ञान केन्द्रले बढी मात्रामा यान्त्रीकरण खरिद र झारो टार्ने कार्य हुने कार्यक्रमलाई बढी प्राथमिकतामा राखेको देखिन्छ । जस्तै सिँचाइ कार्यक्रम र झारो टार्ने काम कमिसन बढी हुने कार्यक्रममा ध्यान गएको देखिएको छ ।
अघिल्लो आर्थिक वर्ष ०७९/०८० को अधिकांश योजना भवन निर्माण, गेट निर्माण, कार्यालयमा बोरिङ सञ्चालन जस्ता कार्यक्रम फ्रिज भएको छ । यस्ता कार्यक्रम टेण्डर गर्नुपर्ने र झण्झटिलो भएकाले कमिसन नहुने हुनाले उक्त कार्यक्रमहरू फ्रिज भएको हो । सबैभन्दा बढी सिँचाइ कार्यक्रम, यान्त्रीकरण खरिद हुने कार्यक्रम, बलक कार्यक्रम, स्मार्ट कृषि, माटो व्यवस्थापनमा बढी चासो दिइएको देखिन्छ ।
माटो व्यवस्थापनको कार्यक्रम झारा टार्ने कार्य
आर्थिक वर्ष ०७९÷०८० मा माटो व्यवस्थापन कार्यक्रम भनेर कृषि ज्ञान केन्द्र परासीको लागि लुम्बिनी प्रदेश सरकारले ३० लाख रकम विनियोजन ग¥यो । कार्यक्रममा २६६ हेक्टरको लागि ८० क्विण्टल डैचा वितरण, आठ वडामा तालिमसमेत गरियो । तर, डैचा कस्तो किसिमले वितरण भयो नवलपरासीको किसानलाई नै थाहा भएन । ९५८ सेम्पल माटो परीक्षण पनि भयो तर परीक्षणको रिजल्ट के आयो कृषिकलाई थाहै छैन । यो हेर्दा झारो टर्ने कार्य हुने कार्यक्रम देखिएको छ ।
माटो व्यवस्थापन कार्यक्रमका फोकल पर्सन कृषि प्रसार अधिकृत मनीषा पौडेलले भने कार्यक्रम राम्रोसँग सम्पन्न भएको जवाफ दिनुभयो । तर, सोही कार्यक्रमको गड्यौला मल प्राविधिक पुस्तिका कार्यालयमै थन्केको अवस्था छ । उक्त पुस्तिका कृषकको हातहातमा पुग्नुको साटो कार्यालयमै थानकिनुको अर्थ के होला ? कसरी बुझ्ने कार्यक्रम सफल भयो भनेर ?
यो हर्दा कृषकहरूलाई कृषिसम्बन्धी ज्ञान वितरण तथा कृषिसम्बन्धी नयाँ खोज अनुसन्धान गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कृषि ज्ञान केन्द्र अनुदान वितरण कार्यमा व्यस्त हुँदा अनुदान केन्द्र जस्तो भएको छ । कार्यालयको उद्देश्य र अहिले गरिँदै आएको कार्यशैली नमिलेको अनुभूति ज्ञान केन्द्रका कर्मचारीले नै महसुस गर्दै ज्ञान केन्द्रले ज्ञानको कुरा छाडेर अनुदान वितरण गर्ने केन्द्र बनेको महसुस गर्न थालेका हुन् ।
प्रदेश सरकारले स्थापना गरेको कृषि ज्ञान केन्द्र अनुदान वितरण कार्यमा व्यस्त हुँदा अनुदान केन्द्र जस्तो भएको छ । कार्यालयको उद्देश्य र अहिले गरिँदै आएको कार्यशैली नमिलेको अनुभूति ज्ञान केन्द्रका कर्मचारीले नै महसुस गर्दै ज्ञान केन्द्रले ज्ञानको कुरा छाडेर अनुदान वितरण गर्ने केन्द्र बनेको महसुस गर्न थालेका हुन् ।
त्यस्तै, स्थानीय तहसँग समन्वय सहकार्य नगरेको गुनासो आएको छ । ज्ञान केन्द्रले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय नहुँदा पालिकाले सञ्चालन गरेका योजनासँग जुध्ने र कार्यक्रमहरू पनि प्रभावकारी नहुने गरेको स्थानीय तहहरूको दाबी छ ।
कृषि ज्ञान केन्द्रले स्थानीय तहका प्राविधिकहरूसँग कृषि ज्ञान केन्द्रले समन्वय नगरेको गुनासो गरेका छन् । बर्दघाट नगरपालिकाका कृषि प्राविधिक खुमकान्त न्यौपानेले कृषि ज्ञान केन्द्रले स्थानीय पालिकासँग समन्वय नगरी आफूखुसी योजना सञ्चालन गरेको बताउनुभयो । ‘हामीले कुनै पनि योजना सञ्चालन गर्दा वडाको सिफारिस माग्छौँ, किनकि त्यहाँको वस्तुस्थिति हामीलाई भन्दा वडालाई थाहा हुन्छ, त्यस्तै कृषि ज्ञान केन्द्र हाम्रो अभिभावक हुनुपर्छ, स्थानीय तहसँग समन्वय नगरी आफूखुसी योजना सञ्चालन गर्ने हो भने स्थानीय तहले पनि ज्ञान केन्द्रलाई केको लागि जानकारी गराउने ?’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच