![चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/lamkhutte.jpg)
कालिकोट । समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा हाम्रो अभियान भन्ने मूल नाराका साथ कालीकोटको शुभकालिका गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको छ । शुभकालिका गाउँपालिकको आयोजना तथा सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालीकोटको सहकार्यमा गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको हो ।
अनिवार्य निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको शुभकालिका गाउँपालिका कर्णाली प्रदेशको पाँचौ र कालिकोटको तेस्रो हो । यसअघि जिल्लाको नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकालाई अनिवार्य निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिसकिएको छ ।
शुभकालिका गाउँपालिकालाई अनिवार्य निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गर्न विकास साझेदार संस्थाहरु सेभ द चिल्ड्रेन र किर्डाक नेपालले गाउँपालिकासँग अभियान सञ्चालन गरिरहेको थियो ।
घोषणाका क्रममा जनप्रतिनिधि, नागरिक समाजका अगुवा, राजनीतिक दल, विकास साझेदार संस्थाहरुले गाउँपालिकामा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र बिद्यालय शान्ति क्षेत्र कार्यक्रमलाई निरन्तरता दिनका लागि १० बुँदे प्रतिबद्धता जनाएका छन् ।
हरेक शैक्षिक सत्रको सुरुमा ४ देखि १२ वर्ष उमेर समूहका बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना तथा स्वागत कार्यक्रममार्फत बिद्यालय र बाल विकास केन्द्रमा भर्ना गरी शतप्रतिशत भर्ना भएको सुनिश्चित गर्ने, कार्यक्रमलाई निरन्तरता दिन प्रत्येक वर्ष गाउँकार्यपालिकाबाट आवश्यक बजेट विनियोजन गर्ने, विनियोजित वजेट बिद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई आवश्यकता अनुसार शैक्षिक सामग्री र खाद्यान्न लगायतमा खर्च गर्ने, बालबालिकाहरुको बिद्यालय भर्ना र नियमितताका लागि गाउँपालिकाको बिषयगत शाखामार्फत विभिन्न गैरसरकारी संस्थासँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै बालबालिकाहरूलाई शैक्षिक सामग्री र विद्यालय पोशाकसहित प्रत्येक महिना शतप्रतिशत विद्यालयमा उपस्थित गराउने, विद्यालयका भौतिक पूर्वाधारहरु बालमैत्री, अपाङ्गतामैत्री बनाई समावेशी शिक्षालाई प्रर्वद्धन गर्ने, अपाङ्गता भएका कारण नियमित विद्यालय गएर पठनपाठन गर्न नसक्ने बालबालिकाहरूका लागि घरमै विद्यालय कार्यक्रमलाई निरन्तरता दिने, बालबालिकाहरूमाथि कुनै पनि क्षेत्रमा हुने हिंसालाई निरूत्साहित गर्ने लगायतका १० बुँदे प्रतिबद्धता सरोकारवालाहरूले जनाएका हुन् ।
गाउँपालिकालाई अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा घोषणा गर्नुअघि नै पालिकाभित्र रहेका सबै विद्यालयहरूले प्रत्येक वर्ष नियमित विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका थिए । पालिकाले आफ्नो शिक्षा ऐन, अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितण कार्यविधि, शिक्षा नीति तथा रणनीतिक योजना, प्रारम्भिक बाल विकास एकीकृत नीति तथा रणनीतिक योजना पनि निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
स्थानीय तह भित्रका अपांङ्गता भएका ३ जना बालबालिकाहरूको शिक्षाको लागि घरमै विद्यालय कार्यक्रम सञ्चालन गरिएको छ भने २७ जना छात्र र २२ जना छात्रा गरि जम्मा ४९ जना बालबालिकालाई जिल्ला भित्र र बाहिरका स्रोत विद्यालयमा भर्ना गरी शैक्षिक अधिकार सुनिश्चित गरिएको गाउँपालिकाका उपाध्यक्ष धर्मा शाहीले बताउनुभयो ।
उहाँका अनुसार हाल शुभकालिका गाउँपालिकामा २६ वटा सामुदायिक बिद्यालय, ४४ वटा बाल विकास केन्द्र र ३ वटा सामुदायिक सिकाइ केन्द्र छन् । हालसमम शुभकालिका गाउँपालिकामा सञ्चालित विभिन्न सामुदायिक बिद्यालय, बाल विकास केन्द्र र सामुदायिक सिकाइ केन्द्रमा विभिन्न स्रोतबाट माद्यामिक तहमा ३५ जना, आधारभूत तहमा ११९ जना, बाल विकास केन्द्रमा ४४ जना, बिद्यालय कर्मचारी २९ जना, लेखापाल ४ जना र सामुदायिक सिकाइ केन्द्र सका ३ जना गरी १ सय ९९ जना शिक्षकहरूको व्यवस्थापन गरी अध्ययन अध्यापन सञ्चालन गरिएको बताइएको छ ।
गाउँपालिकाका सबै वडाहरूलाई यसअघि नै अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन वडाका रूपमा घोषणा गरिसकिएको उपाध्यक्ष शाहीले जानकारी दिनुभयो ।
गाउँपालिकामा ४ वर्ष उमेर पुरा गरेका र १२ वर्ष उमेर समुहका सबै बालबालिकाहरुलाई विभिन्न माध्यमबाट शिक्षाको पहुँचमा ल्याइएको छ । यहाँका २६ वटै बिद्यालयहरुले आधारभूत शिक्षालाई पूर्ण रुपमा निःशुल्क गरी कार्यान्वयन गर्दै आएको शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले बताउनुभयो ।
शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभाध्यक्षता, जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत विकको प्रमुख आतिथ्यता, गाउँपालिका राष्ट्रिय महासंघका केनद्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण बहादुर शाही, गाउँपालिका उपाध्यक्ष धर्मकला शाही, किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को उपदफा (ज) अनुसार स्थानीय तहलाई माद्यामिक र आधारभूत शिक्षा सम्बन्धिका २३ वटा अधिकारहरुको ब्यवस्था गरेको छ । सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालीकोटद्धारा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहकार्य र शुभकालिका गाउँपालिकाको आयोजनामा पालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा कार्यक्रम गरिएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच