-डा. माधव अधिकारी
नेपालको कूल जनसंख्यामध्ये ज्येष्ठ नागरिकहरूको (६० वर्षमाथि) कूल जनसंख्याको करिब २९ लाख रहेको तथ्यांक पाइन्छ । यी संख्याका ज्येष्ठ नागरिकहरूमध्ये ६०–६५ उमेर समूह अझै पनि निरन्तर बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको देखिएको छ । तथापि विभिन्न उत्पादनमूलक कार्यसंलग्नताका हकमा निजहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरक फरक रहेको छ । हाम्रो मुलुकमा नागरिकहरूको अपेक्षित आयु हाल ७१.७४ वर्ष रहेको पाइन्छ । तथापि हिमाल पहाडमा बसोवास गर्नेको अपेक्षित आयु बढी छ भने मधेसमा बसोवास गर्ने गरिबको अपेक्षित आयु हिमाल तथा पहाडको भन्दा कम रहेको अनुसन्धानले देखाएको छ । यसरी मानिसको आयुलाई हावापानी, रहनसहन, गरिबी, उपलव्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ ।
संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षालगायत सुरक्षित, समावेशी र पहुँचयोग्य हरित तथा सार्वजानिक खुला ठाउँहरूमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नका लागि वृद्धाश्रम र दिवा सेवा केन्द्रहरू सञ्चालन, यातायालमा विशेष सहुलियत, औषधोपचार, सामाजिक सुरक्षा भत्तालगायत सेवासुविधा प्रदान गरेको छ । सामाजिक सुरक्षा भत्ता लिने प्रभावकारी योजना समन्वय नभएर ज्येष्ठ नागरिकलाई ठूलो कष्टकर छ । ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित एवं सम्मानित बनाई सामाजिक न्याय कायम गर्नुपर्ने आवश्यकता छ ।
नेपालमा रहेका ज्येष्ठ नागरिकहरूलाई उपलब्ध स्वास्थ्य सेवा र रेखदेख स्याहारको स्थिति के छ भनी आकलन गर्ने हो भने क्षेत्र विशेष, आर्थिक अवस्था, सचेतना आदिले प्रत्यक्ष असर पारेको देखिन्छ । निश्चय नै वृद्धावस्थामा मानिसको शारीरिक अवस्था कमजोर हुन्छ ।
नेपालमा रहेका ज्येष्ठ नागरिकहरूलाई उपलब्ध स्वास्थ्य सेवा र रेखदेख स्याहारको स्थिति के छ भनी आकलन गर्ने हो भने क्षेत्र विशेष, आर्थिक अवस्था, सचेतना आदिले प्रत्यक्ष असर पारेको देखिन्छ । निश्चय नै वृद्धावस्थामा मानिसको शारीरिक अवस्था कमजोर हुन्छ, विभिन्न रोगले सताउँछ र बुढ्यौलीले पनि केही हदसम्म शिथिल तुल्याउँछ, यस्तो अवस्थामा रेखदेख र स्याहारको आवश्यकता पर्दछ । जीवनको यही अवस्थालाई सहज बनाउन स्वयं ज्येष्ठजनले आफूमा धैर्य राखी आफ्नो शारीरिक अवस्था अनुरूप पथपरहेजलाई मनन् गर्नुपर्छ भने परिवारका सम्पूर्ण सदस्यबाट शारीरिक स्वास्थ्यलगायत यथोचित व्यवहार, रेखदेख, स्याहारसमेतमा ध्यान दिनुपर्ने नितान्त आवश्यक छ ।
समयको फेरबदलको कारण देखाई आफूलाई जन्म दिई लालनपालन गर्ने आमा बाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खाना, लाउन, बस्नसमेत नदिई घरैबाट निकालिएको अवस्था र राज्यले पनि ज्येष्ठ नागरिकलाई आवश्यक मात्रामा उचित किसिमको व्यवस्था मिलाउन साधनस्रोतको अभावमा कठिनाई भएको छ । केही परिवारका सदस्यबाट आमाबाबुलाई हेला गर्ने, वृद्धाश्रम पु¥याउने, खान, लगाउन नदिने, औषधोपचारबाट टाढै राख्ने प्रवृत्तिले नेपाली समाजलाई मानवताशून्य बनाएको छ । सम्पत्ति भएका वा नभएका दुवैखाले ज्येष्ठ नागरिक ढल्कँदो उमेरमा केवल पीडाका पात्र बनेको पाइन्छ । सम्पत्ति हुने बाबुआमालाई करकाप गर्ने, छलछाम गर्ने, तर्साउने र जालझेल गरी स्वार्थसिद्ध गर्ने छोराछोरी एकातिर निन्दनीय छन् भने सम्पत्ति नभएका बाबुआमाप्रति रत्ति दयाभाव नराख्ने, दुव्र्यवहार गर्ने सन्तान घोर कलंकका पात्र बनेका छन् ।
मातृदेवो भवः, पितृदेवो भवः जस्ता आदर्श बोकेको समाज आमा, बाबुप्रति यतिबिघ्न निर्दयी हुनु निश्चय नै सामाजिक पतनको दृष्टान्त हो । केवल भौतिकवादी सोच र लालसाले गर्दा आजको समाज भावनारहित हुँदै गएको छ । समयमै बुद्धि नपु¥याउने हो भने मानव समाज झन्भलन् कठोर, निष्ठुर हुँदै जाने सम्भावना छ । यही यथार्थलाई ध्यानमा राखेर हुनसक्छ, विकसित देशका अगुवा वर्गले ज्येष्ठ नागरिकको सम्मान र सुविधाका निम्ति मनग्ये क्रियाशीलता बढाएका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि संविधान तथा कानुनमा ज्येष्ठ नागरिकका हक, हितबारे प्रत्याभूति नरहेको होइन तर यसको उचित कार्यान्वयन हुन सकेको छैन ।
ज्येष्ठ नागरिकलाई सेवा सुविधा र सामाजिक सुरक्षा सरकारको साधन र स्रोतको अभावमा पार्याप्त नहुनु, राष्ट्रले उपयोग र नयाँ पिँढीमा हस्तान्तरण गर्न नसकिनु, शारीरिक र मानसिक रूपमा अशक्त, असहाय, एकल, बेवारिसे तथा पीडामा परेका ज्येष्ठ नागरिकको प्रभावकारी संरक्षण नहुनु, सन्तानले बाबु–आमाप्रति पूरा गर्नुपर्ने दायित्व बहन र हेरचाहमा क्रमशः ह्रास हुँदै जानु, बुढ्यौलीको कारणले लाग्ने विभिन्न रोगको निदान तथा उपचारको यथोचित व्यवस्था नहुनु र ज्येष्ठ नागरिक प्रतिको श्रद्धा र सम्मानमा ह्रास आउनु यस क्षेत्रका समस्या हुन् ।
संविधानद्वारा ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु, ज्येष्ठ नागरिकको व्यवस्थापन स्थानीय तहको अधिकार रहनु, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना गर्न सकिएको देखिँदैन ।
ज्येष्ठ नागरिकका विषयलाई समानरूपमा सम्बोधन र व्यवस्थापन गर्नु, ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुँदै जाँदा सोअनुसार सेवा सुविधा पर्याप्त व्यवस्था गर्नु, ज्येष्ठ नागरिकाको ज्ञान, सीप र अनुभवलाई समाज विकास र पूर्वाधार निर्माणमा उपयोग गर्नु, ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहारको अन्त्य गर्नु, उनीहरूको आर्थिक तथा सामाजिक हक अधिकारको संरक्षण गर्नु र उनीहरूका लागि उपयुक्त एवं पर्याप्त दिवा सेवा केन्द्र, क्लव, औषधोपचार सहितको आरोग्य आश्रमको निर्माण तथा सञ्चालन उचित मात्रामा गर्न नसक्नु यस क्षेत्रको चुनौतीका रूपमा रहेका छन् ।
संविधानद्वारा ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु, ज्येष्ठ नागरिकको व्यवस्थापन स्थानीय तहको अधिकार रहनु, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना हुँदै जानु र ज्येष्ठ नागरिकको हक र अधिकारको रक्षा र प्रवद्र्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सरकारको प्रतिबद्धता रहे पनि विभिन्न कारणले गर्दा नेपालमा यथार्थ रूपमा पालना गर्न सकिएको देखिँदैन ।
ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाका क्रममा रेखदेख, स्याहार र स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषय हुन् । स्याहार र स्वास्थ्यजस्ता विषय विकासशील मुलुकमा चुनौतीको रूपमा रहेको छ । हाम्रो जस्तो देश जहाँ पारिवारिक आर्थिक एवं शैक्षिक स्थिति, कमजोर स्वास्थ्य सेवाप्रति सजगताको कमी, उपलब्ध साधन एवं विज्ञताको कमी भएको सन्दर्भमा धेरै कठिनाइको सामना गर्नुपर्ने अवस्था छ । सामान्यतयाः शारीरिक दुर्बलताबाहेक वृद्धावस्थामा हुने बहिरोपन, आँखासम्बन्धी समस्या, दम, छातीसम्बन्धी समस्या मुख्य देखिएका छन् । यीबाहेक मधुमेह, अल्जाइमर, रक्तचाप, मुटुसम्बन्धी समस्या, क्षयरोग, डिप्रेसन, अपांगपनजस्ता समस्याले सामान्यतया वृद्धवृद्धा सताइएका हुन्छन् ।
ज्येष्ठ नागरिकहरूका लागि परिवार, समुदाय र राज्यले निम्न कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ती हुन् : घर परिवारका सदस्यले यथोचित माया ममता, प्रेम र समय दिनुपर्ने, सरकारले समयमै वृद्ध भत्ता निकासा गरी उचित र सहज तरिकाबाट वितरण गर्नुपर्ने, स्वास्थ्य सेवामा विशेष सहुलियत दिनुपर्ने, वृद्ध भत्तामा वृद्धि गरिनुपर्ने, बेसहारा र अशक्त ज्येष्ठ नागरिकलाई विशेष भत्ता वा लालनपालनको व्यवस्था सरकारबाट हुनुपर्ने, यातायात, स्वास्थ्य सेवा जस्ता सुविधा निःशुल्क उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, घर परिवारका सदस्यले खान, लाउन, स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने, सरकारले उपलक्ध गराउने सुविधाविना भेदभाव सहज र सरल तरिकाबाट प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने व्यवस्था हुनुपर्छ ।
सकेसम्म घरमै वृद्धभत्ता उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, परिवारलाई वृद्ध, ज्येष्ठजनहरूको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, लोकप्रिय सञ्चारमाध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम, घरेलु एवं परम्परागत स्याहार र उपचार पद्धतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रवन्धका लागि घर परिवार वरपरको भौतिक वातावरण, व्यवहार वृद्धमैत्री तुल्याउने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्धतिबारे प्रशिक्षित गर्ने, स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थालाई ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्न सक्नुपर्छ ।
मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्संग आदि जस्ता आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सबलताका लागि रुचि र क्षमताअनुसार सामान्य योग, अभ्यासका विधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमता अनुसारका कार्यहरूमा क्रियाशील रहने बानीको विकास गराउने, महिला ज्येष्ठ नागरिक एवं एकल महिलाहरूका लागि विशेष स्वास्थ्य सेवा एवं परामर्श सेवा सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नका लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहुँच सुनिश्चित गर्ने, जस्ता कुरामा विशेष ध्यान दिनु आजको आवश्यकता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच