गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने 

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागतरूपमा प्रथम पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बुटवलमा पत्रकार सम्मेलन गरेर जानाकारी गराउनु भयो ।

कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा सञ्चालन गरिने मेलाले कृषि, पर्यटनको क्षेत्रमा टेवापुग्ने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सवमार्फत् स्थानीय उत्पादन पनि प्रवर्द्धन गरिने भुसालले बताउनु भयो । गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्तगरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको भुसालको भनाइ छ । भुसालले भन्नुभयाे, ‘बिदामा घर आएको बेलामा गुल्मी के हो भनेर पढ्न सकून् भन्ने उद्देश्य छ । सिजनका उत्पादन र मेलापर्वको उत्साहलाई महोत्सवमा जोड्न खोजिएको हो।’

महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि छ । लाखौंको आस्था सँग जोडिएको यस मन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुंगा’अभियानलाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको बरिष्ठ उपाध्यक्ष जनक पन्थले बताउनु भयो ।

पन्थकाअनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशत छुट दिइनेछ । स्थानीयतहलाई एक/एक वटा स्टल दिइनेछ । महाेत्सवमा एक लाख अवलोकन कर्तासहित ६० करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?