भोजपुर । ४३ औं विश्व खाद्य दिवसको अवसरमा भोजपुरमा अन्तर माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिताका आयोजना गरिएको छ ।
‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने विषयमा कृषि ज्ञान केन्द्र भोजपुरको आयोजनामा बिद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिएको केन्द्रका प्रमुख गणेश खत्रीले जानकारी दिनु भयो । प्रतियोगितामा भोजपुर नगरपालिका भित्रका बिभिन्न १३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सगरमाथा इङलिस बोर्डिङ स्कुलका अमन पाण्डे प्रथम, पञ्चकन्या मावि बोखिकका पुनम प्रधान दोश्रो, विद्योदय माविका सदीक्षा राई तेश्रो र भोजपुर एकाडेमीका इनोसा राउत सान्त्वना भएको केन्द्रले जनाएको छ ।
प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वनालाई क्रमश नगद १० हजार, सात हजार, पाँच हजार र तीन हजारका साथमा प्रमाण-पत्र प्रदान गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई भोजपुरका प्रमुख रुद्र राई, केन्द्रका प्रमुख गणेश खत्री लगायतले उत्कृष्ट विद्यार्थीलाई नगद तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच