काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ ।
एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहनुभएकी उहाँको नगरप्रमुखको पद गुमेको हो ।
एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएकी उहाँ सो पार्टी त्यागेपछि पद पनि गुमेको हो ।
एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
आयोगले जारी गरेको सूचना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच