भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको आयोजनामा आर्थिक बर्ष २०७९/८० को स्थानीय तह र जिल्ला स्थित सरकारी कार्यालयका विकास निर्माण र सेवा प्रवाहको बार्षिक समिक्षा गर्ने उद्धेश्यले दुई दिने समिक्षा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षता सुरु समिक्षा कार्यक्रममा गत आर्थिक बर्षको स्थानीय तह तथा कार्यालयहरुको बार्षिक प्रगति विवरण प्रस्तुत हुने छ । सोक्रममा पालिकाहरुले बार्षिक बजेट, राजस्व संकलन, सेवा प्रवाह, बिकास निर्माणको अवस्थाका लगायतका बिषयमा प्रस्तुतीकरण गर्ने छन् ।
समिक्षा कार्यक्रमले पालिका तहहरुबाट हुदै आएका बिकास निर्माणका साथै अन्तर पालिकाहरुको समन्वयमा समेत सहयोग मिल्ने जिल्ला समन्वय समिति भोजपुरका उपप्रमुख अनिशा खडकाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच