अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन-२०८० सम्पन्न

हिमालय टाइम्स
Read Time = 7 mins

चिचिला । विश्व युद्धको विभिषिकामा गुज्रिरहेको बेला (लोपोन्मुख संस्कृतिको संरक्षण गरौं : छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं-भन्ने नाराका साथ सङ्खुवासभाको चिचिला गाउँपालिकामा अन्तरराष्ट्रिय साँस्कृतिक सम्मेलन (२०८०) सम्पन्न भयो । चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले गरेका हुन् ।

पासाङ नुर्वू शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा १०७ बर्षीय शताब्दी पुरुष मानबीर पैंजो गुरुङ 'दारी लामा' रहेका थिए।
उनी वोन संस्कृतिका धरोहर पनि हुन् । नेपाल र भारतको झण्डा राखेर गरिएको उक्त सम्मेलनमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।शुरुमा भारत सरकारबाट संयोजकलाई लेखेको सम्मान तथा शुभकामनापत्र बाचन पनि गरिएको थियो ।

चिचिला गाउँपालिका भित्रका तमु छोंझधी समुदाय, लोहोरुङ समुदाय, तामाङ समुदाय खालिङ समुदाय, दर्जी समुदाय, क्षेत्री समुदाय, याम्फू समुदाय, खालिङ समुदाय, कुलुङ समुदाय, थुलुङ समुदाय, दर्जी समुदाय, विक समुदाय, मेवाहाङ समुदाय, शेर्पा समुदाय, हेभेन्ली पाथको सामूहिक साँस्कृतिक झाँकी र छुट्टा छुट्टै मौलिक झाँकी पनि प्रस्तुत गरिएको थियो । सबै विद्यालयका शिक्षक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधि, जातीय समुदाय र कलाकाहरू पनि सहभागी रहे।

धर्मदेवी नगरपालिकाको याख्खा समुदायले डोकेनी सिली खाँदबारी नगरपालिकाले लोहोरुङको चण्डी नाच, पाँचखपन नगर पालिकाले नेवार समुदायको (लाखे) र चैनपुर नगरपालिकाका उपप्रमुख नेवारी धिमे नाच सहभागी गराएका थिए । सभापोखरी गाउँपालिकाले लिम्बु समुदायबाट च्याब्रुम नाच, भोटखोला गापाले भोटिया समुदायको स्याप्रु नाच, मकालु गाउँपालिकाले याम्फू समाजको च्याब्रुम र तामाङ समुदायको डम्फू सेलो प्रस्तुत गरेका थिए ।

यस्तै, भारतको असम कार्वि आङ्लोङका कार्वि कुर्फो अमाइका पाँच समुदायले नाच, गित र वाद्यवादन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, प्रजिअ ज्यू, प्रनाउ घनश्याम श्रेष्ठलगायत कार्यालय प्रमुखहरु, राजनीतिक दलबाट दीप कुमार श्रेष्ठ(नेका), टकमान घले (सचिव), एमालेबाट दिनेश गुरुङ्, दुर्गादेवी चापागाई, चिचिलास्थित सबै दलका प्रतिनिधिहरु उपस्थित थिए।खाँदबारीबाट झण्डै २५ किमी उत्तरमा रहेको चिचिला गाउँपालिकामा झरी र यातायातका असुविधाको वावजुद पनि सम्मेलनमा तीनहजार बढी नरनारीको उपस्थिति थियो ।

कार्वि कुर्फो अमाई मार्फत् भारत सरकारको तर्फबाट महामहिम तनसिं बे प्रतिनिधि मण्डलका नेताले, डा महाविष्णु तक्वीले मन्तब्य राख्दै आफूहरु कार्यक्रममा नेपालको प्रस्तुतिबाट प्रभावित भएको बताउँदै चिचिला गाउपालिकालाई भारतमा कार्वि कल्चर सोसाइटीले जनवरी १४ मा आयोजना गर्ने तारालाङ्सो फेष्टिबलको गोल्डेन जुव्लीमा निम्तो पनि गरे । अमृत इङ्ती, सार्थे रोङपीलगायत ४७ कलाकारहरुले टिपिकल संस्कृति प्रस्तुत गरे । चिचिलामा कार्विको फु सिङबामन पुजा गर्ने जग्गा दाताहरुको सम्मान भएको थियो । संयोजक बुढाथोकी भारत र नेपाल दुबै तर्फबाट सम्मानित भएका थिए ।

कार्वि हेमतुम पी को निर्माण भएपछि चिचिलामा ह्वात्तै पर्यटक बढ्ने पालिका प्रमुखकाे विश्वास छ । लोपोन्मुख संस्कृतिको असली रुप खोजी र संरक्षण गर्ने लक्ष्य पूरा भएको अनुभूति सबै वक्ताहरुले राखेका थिए । दुई छिमेकी मुलुकलाई जोड्न र भुइँ मान्छेहरुको लोक संस्कृतिको उत्खनन् गर्ने सपना आफूले देखेको र चिचिलाले यसलाई विपनामा रुपान्तरण गर्न उल्लेख्य भूमिका निर्वाह गरी सफल समेत भएको संयोजक एवम् साहित्यकार बुढाथोकीकाे भनाइ छ । संयोजकको परामर्श अनुसार सम्मेलनमा दिइने सम्पूर्ण उपहार पालिका भित्रै उत्पादन गरी प्रदान गर्ने प्रमुख प्रसाशकीय अधिकृत शुक्रादेवी राईकाे भनाइ छ ।

भोलिपल्ट कार्वि कुर्फो अमाइले बलुथामको काखमा लगभग २३०० मीटरको उचाइमा हिमालयको विधिवत पुजआजा गरेका थिए । मुख्य कुरुसारका अनुसार पुजा अध्यात्मिक रुपमा शतप्रतिशत सफल भएकोले शुख, शान्ति र मैत्री बर्ष रहने बताए । आज प्रतिनिधिमण्डल स्वदेश फर्केको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?