
काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजका पदाधिकारीले म्युजिक भिडियोलाई चलचित्र विकास बोर्डमा समेट्न माग गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मालाई भेटेर उनीहरूले मात्रपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । उनीहरूले म्युजिक भिडियोले पनि चलचित्रको परिभाषा पाउँदै यसलाई चलचित्र विकास बोर्डको मातहतमा राख्नुपर्ने मागसहित सो पत्र बुझाएका हुन् ।
यही मागपत्र उनीहरूले दुई दिनअघि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बुझाएका थिए । नेपाल म्युजिक भिडियो निर्देशक समाजका कार्यबाहक अध्यक्ष देवेन्द्र पाण्डे, कोषाध्यक्ष बबिता श्रेष्ठ (मलेकु), सहसचिव समन अधिकारी, सदस्यहरू कृष्ण रूपाखेती, देवेन्द्र कुँवर, देवराज आचार्य, साधारण सदस्य काजिश श्रेष्ठ, कलाकार रामेश्वर बुर्लाकोटी, भिडियो निर्देशक प्रकाश भट्टलगायतले सञ्चारमन्त्रालयमा मन्त्री रेखा शर्मालाई भेटेर सो मागपत्र बुझाएका हुन् ।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरणसम्बन्धी ऐन-२०२६ लाई संशोधन गर्न बनेको विधेयक-२०८० को मस्यौदाबारे अहिले छलफल भइरहेको बेला सो विधेयकमा म्युजिक भिडियोलाई पनि चलचित्रको मान्यता दिँदै चलचित्र विकास बोर्डको मातहतमा राख्नुपर्ने माग मन्त्री शर्मासमक्ष पेश गरिएको हो ।
म्युजिक भिडियोलाई हेर्ने राज्यको कुनै निकाय नभएको र यो चलचित्रको कुनै परिभाषामा नपरेको उल्लेख गरिएको छ । सोही कारण म्युजिक भिडियोलाई चलचित्र विकास बोर्डअन्र्तगत समेटिनुपर्ने र चलचित्र विकास बोर्डबाट म्युजिक भिडियोको नियमन हुनुपर्ने सो मागपत्रमा उल्लेख छ ।
मन्त्री शर्माले सो मागपत्र बुझँदै अहिले चलचित्रसम्बन्धी ऐन संशोधन हुनलागेको हुँदा यस विषयलाई ऐनमै राखेर लानुपर्ने बारे छलफल गरिने बताउनुभयो । मागलाई आफूले गम्भीर रूपमा लिएको र कार्यन्वयनका लागि पहल गर्ने मन्त्री शर्माले समाजका पदाधिकारीलाई बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच