काठमाडौं । इसेवाले डिजिटल कारोबारलाई सहज बनाउन आवाजबाटै कारोबार विवरण बताउने इ-स्पिकर यन्त्र सार्वजनिक गरेको छ । सिमकार्ड तथा वाइफाइमार्फत् इन्टरनेटमा जोडिएर इ-स्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले तुरुन्त जानकारी दिन सक्ने बताइएको छ ।
कम्पनीका अनुसार यार्सा टेकसँगको सहकार्यमा बनाइएको इ-स्पिकर यन्त्र पूर्णतः नेपालमै बनेको यन्त्र हो । इ-स्पिकर एक अडियो अलर्ट यन्त्र हो, जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजमार्फत् तुरुन्त दिनेछ । जसले इसेवाका क्युआर मर्चेन्टलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ ।
एफ वान सफ्ट ग्रुप टावरमा कात्तिक १ मा भएको इ-स्पिकर यन्त्रको लोकार्पण समारोह इसेवा प्रालिका चिफ बिजनेस अफिसर आशिष गौतमले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा एफ वान सफ्टका डाइरेक्टर सुवास शर्माले नेपालमै बनेको उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच