काठमाडौं । सिजी ब्रुअरी प्रालिमा बुधबार मजदुरले बोनसको विषयलाई लिएर अराजक व्यवहार गरेको भन्दै व्यवस्थापन पक्षले आपत्ति जनाएको छ । देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको, कम्पनीहरू न्यून क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरले अनाधिकृत माग अघि गर्दै व्यवस्थापनका अधिकारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि गरेको व्यवस्थापनको दाबी छ । उल्लेखित गैरकानुनी क्रियाकलापको समाधान कानुनबमोजिम हुने भन्दै कम्पनीले चेतावनीसमेत दिएको छ ।
कम्पनीका अनुसार सिजी बु्रअरीले आफ्ना मजदुर/कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । सोही कारण विगतमा समग्र औद्योगिक सम्बन्ध बिग्रिएको अवस्थामा समेत सिजी इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरबीचको सौहाद्रपूर्ण वातावरण देशकै उदाहरणका रूपमा लिने गरिएको छ । सिजी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर÷कर्मचारीलाई विगत वर्षमा छ महिनासम्मको बोनस वितरण गरेको थियो । तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर सिजी बु्रअरीमा परेको छ । अघिल्लो वर्षको तुलनामा सिजी बु्रअरीका उत्पादनको बिक्रीमा २५ प्रतिशतले ह्रास आएको छ । यस्तो अवस्थामा कम्पनीले आफ्ना मजदुर/कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको छ । कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्ममरूपमा कुटपिटमा उत्रिनु निन्दनीय रहेको कम्पनीको भनाइ छ । आफ्ना असहमति शान्तिपूर्ण रूपमा वार्ताको माध्यमद्वारा अघि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीमाथि कुटपिट गर्ने, ढुंगामुढा गर्ने, कार्यालय तोडफोडलगायतका अराजक गतिविधि सहृय नहुने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको समग्र औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमतामा ८० प्रतिशतसम्मले गिरावट आएको तथ्यांक सार्वजनिक भएकै छन् । यसले देशको बिग्रँदो औद्योगिक अवस्थाको चित्र सबैसामु ल्याइदिएको छ । यस पृष्ठभूमिमा देशमा औद्योगिक सम्बन्ध खराब अवस्थातर्फ उन्मुख रहेको स्पष्ट हुन्छ र भविष्यमा देशमा औद्योगिक उत्पादनमा योगदान पुर्याएका उद्यमी थप समस्यामा पर्नेछन् भन्ने पनि देखिन्छ ।’
यस्तो परिस्थितिप्रति गम्भीर बन्न, औद्योगिक सम्बन्ध सुमधुर कायम राख्न, उच्शृंखल गतिविधि कानुनी दायरामा ल्याउन र कठिन परिस्थितिमा पनि उत्पादनलाई निरन्तरता दिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याइरहेका उद्यमीको मनस्थितिलाई थप कमजोर हुनबाट जोगाउन कम्पनीले सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच