
उदयपुर। नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यका साथ सञ्चालन गरेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन भएको एक महिनाभन्दा बढि भइसकेको छ । देशैभरी माओवादी केन्द्र्रका केन्द्रिय नेताहरुको उपस्थितिमा आम जनताको चासो र सरोकारसँग रहेको विविध बिषयसँग सम्बन्धित रहेर रुपान्तरण अभियान सञ्चालन भइरहेको छ ।
सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत समस्यालाई समाधान गर्न पनि रुपान्तरण अभियानमा ठुलो सङ्यामा माओवादीका नेता, कार्यकता खटिएका छन् ।
उदयपुर जिल्लामा रहेको उदयपुरगढी गाउँपालिकामा माओवादि केन्द्रका केन्द्रिय सदस्य, उदयपुरगढि गाउँपालिका अभियान प्रमुख मुक्सामहाङ मेन्याङ्बो उपस्थितिमा बिविध कार्यक्रम गर्दै अभियान सञ्चालन भइरहेको छ । अभियान कै क्रममा असोज २० र २१ गते नेपालटारस्थित बरपिपल डाँडाको योगा भवनमा उदयपुरगढी गाउपालिका स्तरीय दुई दिवसीय बिषयगत माक्र्सवादी स्कुल कार्यक्रम भएको थियो । उक्त स्कुलमा पालिका कमिटी सदस्य र वडा कमिटी पदाधिकारी सम्मको उपस्थित रहेको थियोे ।
स्कुलमा पार्टी कार्यदिशाबारे माओवादि केन्द्रका केन्द्रिय सचिव प्रदेश नं १ का अभियान प्रमुख चक्रपाणी खनाल “बलदेव“ ले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै अर्थशास्त्र र योजना तर्जुमाबारे डिपि ढकाल, वैज्ञानिक समाजवादबारे लेखनाथ न्यौपाने, दर्शनशास्त्र र संगठनबारे उदयपुरगढि गाउँपालिका अभियान प्रमुख मुक्सामहाङ मेन्याङ्बो, कम्युनिस्ट आन्दोलनको इतिहासबारे शिव डागी, जातिय, क्षेत्रीय, लैंगिक र दलित समुदायको सवालबारे धनमाया बि.क. र संघियता र संस्कृति बिषयबारे टंक राईले प्रशिक्षण दिनुभएको थियो ।
असोज २८ गते उदयपुरगढि गाउँपालिमा वडा नं. ७ मा वडा कमिटिको आयोजनामा पनि वडा स्तरीय माक्सवादि स्कुल सञ्चालन भएको थियो । स्कुललाई गाउँपालिका अभियान प्रमुख मुक्सामहाङ मेन्याङ्बोले प्रशिक्षित गर्नुभएको थियो । माओवादी केन्द्रको केन्द्रिय सर्कुलर अनुसार केन्द्रिय कार्यालयले वडास्तरीय स्कुल पाठ्यक्रम प्रदान गरेको बताउनुभयो । उहाँले पाटि भनेको बिचारको संगठन हो, बिचार बिना हामी बाच्न सक्दैनौ, जुन पाटि गतिशिल छ, जुब पार्टी क्रान्तिकारी छ, त्यो पार्टीमा बिचार हराबरा हुन्छ । बिचारबिनाको पाटिको औचित्य नै रहदैन । माओवादी पार्टी बिचारको खानी हो, जहाँ बिचार, सिद्धान्तबारे गहिरो छलफल हुन्छ । पार्टीको आफ्नै लक्ष्य, उदेश्य निश्चित गरिएको छ । तर अन्य पार्टीमा बिचार, सिद्धान्त, लक्ष्यबारे छलफल नहुने बताउनुभयो । आउने दिनमा पनि यस्तै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर माओवादी आन्दोलनमा लागेका सबैलाई विचार, सिद्धान्तमा परिपक्क बनाउनेछौ । अन्य वडामा पनि यस्तै किसिमको स्कुल सञ्चालन गर्ने अभियान प्रमुख मेन्याङ्बो हिमालय टाइम्सलाई बताउनुहुन्छ ।
संगठन निर्माणका क्रममा उदयपुरगढिकामा ४० वटा टोल भेला भइसकेका छ । पार्टी टोल कमिटी ४३ वटा, पार्टी सेल कमिटी ४ वटा , अनेमसंघ (क्रान्तिकारी) टोल कमिटी २२ वटा, वाईसीएलको टोल कमिटी २० वटा, रिटर्नी सेन्टरको टोल कमिटी ११ वटा, दलितको टोल कमिटी २ वटा, किसानको टोल कमिटी ३ वटा र तामाङ मोर्चाको टोल कमिटी १ वटा निर्माण भएको छ ।
अभियानअन्तर्गत जसतासँगको प्रत्यक्ष सरोकार रहेका बिभिन्न कार्यहरु सम्पन्न भएको छ । दुर्जे खानेपानी ट्याङ्की, खोप केन्द्र, शौचालय, वडा कार्यालय, स्वास्थ्य चौकी, जरूवा बजार, आदिवासीजनजातिको भवन, आधारभूत विद्यालय सरसफाइ कार्यक्रम सम्पन्न भइसकेको छ । सयांै जनताको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै शहिद टंकप्रसाद सापकोटाको परिवारलाई सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच