काठमाडौं । नेपालले विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्ने भएको छ । शुक्रबार सार्वजनिक तालिका अनुसार नेपालले यूएईसँग पहिलो अबे खेल्ने दुबईमा यूएईसँग खेल्ने भएको हो । दुबईमा उक्त खेल कात्तिक ३० गते हुनेछ ।
नेपालले दोस्रो चरणको दोस्रो खेल यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ । यस्तै २०२४ को मार्च २१ मा नेपालले बहराईनसँग दशरथ रंगशालामा र मार्च २६ मा बहराईनसँग अबे खेल उसैको मैदानमा खेल्नेछ ।
यस्तै, नेपालले यूएईसँगको होम म्याच भने जुन ६ मा दशरथ रंगशालामा र यमनसँगको अबे खेल उसकै मैदानमा जुन ११ मा खेल्नेछ । दोस्रो चरणमा नेपाल रहेको समूहमा यूएई, यमन र बहराइन छन् ।
नेपालले विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई समग्रमा दुई-एक को गोल अन्तरमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । नेपालले घरेलु मैदान दशरथ रंगशालामा एक-एक गोलको बराबरी खेलेको थियो भने लाओससँग अबे खेलमा उसैको मैदानमा एक-शून्य को जित हात पारेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच