यस पालाको दशैँ मुखैमा आइपुगेको छ सबैले आ-आफ्नो गच्छे अनुसारको दशैँ मनाउने कुरा छँदै छ । यो एकप्रकारको रीत हो । सनातन संस्कृतिमा आस्था हुनेले अथवा आफ्नो परम्परामा विश्वास गर्नेले दशैँ मनाउँछन् । कसले कसरी दशैँ मनाउँछ ? त्यो फरक कुरा हो । कसैले ऋण काढेर मनाउँछ कसैले सञ्चित धन खर्च गरेर मनाउँछ । कसैले अवैध धनको खोलो बगाएर मनाउँछ । कसैले पसिनाले आर्जेको पैसाले मनाउँछ । यस वर्ष दशैँमा तिब्बतबाट कति च्याङ्ग्रा भित्रिए, भारतबाट कति खसीबोका आयात भए ? गार्हस्थ्य उत्पादनले कति प्रतिशत भरथेग ग¥यो ? यस वर्ष कति करोडको विदेशी रक्सी वा अन्य पेय पदार्थ आयात भयो ?
यस्ता समाचार दशैँपछि आऊलान् । जब कि हाम्रा जस्तो गरिब देशमा दशैँभन्दा पहिले सबै क्षेत्रमा खर्चको आचारसंहिता आउनुपथ्र्यो । सर्वसाधारणले पनि आफ्नो खर्च कटौती गरेर आर्थिक अनुशासन कायम राख्ने वा मितव्ययी हुनुपथ्र्यो तर दुर्भाग्य हामीलाई नियमकानुन, आचार, अनुशासनजस्ता कुरा पटक्कै मन पर्दैनन् । खासमा देश चलाउने र घर चलाउने विधि उस्तै हो । उँभो लागेको घरमा आयव्यय अर्थात् खर्चको हिसाबकिताब पनि हुन्छ तर ओरालो लागेको घरमा आयको पत्तो हुँदैन खर्च हुन्छ तर हिसाब हुँदैन । बाहिरफेरका कुरा सुन्दा र देख्दा लाग्छ मेरो घरमात्रै यस्तो घर हो जहाँ दशैँ होस् वा अरू चाड हुन् अत्यन्त सन्तुलित भएर आउँछन् ।
दशैँको मुखैमा आएका तीनवटा सूचनाले आज मलाई लेख्न बाध्य गराए । गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएको अधिवेशनसम्बन्धी खबर, नेपाल एसियाको पहिलो गरिब मुलुकमा परिणत भएको खबर अनि गाउँमा दशैँ मान्न जानेहरूका निम्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको बाइसबुँदे आचारसंहिता ।
भन्नुको अर्थ चाडबाडमा हुने फजुलको खर्च, अनावश्यक तडकभडक, हैसियतभन्दा माथिका रहरहरू पूरा गर्ने होडबाजी आदि आदि । यस्तै चाडपर्वका बेला स्वास्थ्य अनुशासनको पक्ष त्यत्तिकै विचारणीय छ । प्रायः चाडबाडको समयमा धेरै मानिस आकस्मिक बिरामी हुने, खानपानको सन्तुलन बिग्रिन जाँदा चाडबाडपछि अस्पतालहरूमा बिरामीको चाप हृवात्तै बढ्ने र असमायिक मृत्युसमेत हुने गरेका कुराहरूलाई ध्यानमा राख्दा अगिपछिजस्तै चाडपर्वको समयमा पनि स्वास्थ्य अनुशासन कायम गर्न पनि आवश्यक छ भन्ने लाग्छ ।
दशैँको मुखैमा आएका तीनवटा सूचनाले आज मलाई लेख्न बाध्य गराए । गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएको अधिवेशनसम्बन्धी खबर, नेपाल एसियाको पहिलो गरिब मुलुकमा परिणत भएको खबर अनि गाउँमा दशैँ मान्न जानेहरूका निम्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको बाइसबुँदे आचारसंहिता । दशैँकै पूर्वसन्ध्यामा गरिँदै आएको एनआरएनको अधिवेशन काठमाडौंको तारे होटलमा सम्पन्न भएको खबर छ । मूल थलो नेपाल रहेका र विभिन्न कारणले विदेशी बनेका नेपालीमूलका विदेशीहरूको यस संस्थाको स्थापना जुन लक्ष्य र उद्देश्यले भएको थियो त्यसलाई चटक्कै बिर्सेर राजनीति गर्ने अखडाका रूपमा परिणत भएको यस संस्थाको अधिवेशनमा रक्सी र रुपैयाँको खोलो बगाएर आफ्नो हैसियत प्रदर्शन भयो, हदैसम्मको गुटबन्दी भयो भन्ने खबर सुन्दा खासै खुसी लागेन ।
हुन त कुनै विदेशीले नेपालमा आएर रुपैयाँपैसा खर्च गर्दा हामीलाई फरक नपर्ने हो तर उनीहरू कुनै समयका नेपाली थिए र अब पनि नेपाली बन्दै छन् भन्ने खबरसँगै यस्तो खबर सुन्दा नेपालीहरूले आफ्नो नेपाली चरित्रलाई यहाँ पनि प्रदर्शन गरे भन्ने सुनेर दुःख लाग्यो । अनि अब पुनः दोस्रोपटक नेपाली नागरिकता लिएर नेपाली बन्ने अवसर पाएका यी नेपालीहरूले विदेशमा आफूले देखेको सुशासनको दृष्टान्त नेपालमा पनि प्रदर्शन गर्नेतर्फ आफ्नो अधिकारले दिएको पहल गरून् भन्ने कामना गरौँ ।
अर्को खबर थियो-आजैमात्र सामाजिक सञ्जालमा पढेको हाम्रो देश एसियाको सबैभन्दा गरिब देशमा झरेछ । मुलुक कुशासनको फन्दामा परेको छ । जनताको निम्ति भनेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र बाँदरको हातको नरिवल बनिरहेको अवस्थामा हामीले सुन्न बाँकी रहेको खबर यही थियो । र, अब सुन्ने भनेका यस्तै अशुभ समाचारहरू नै बढी हुन्छन् जस्तो लाग्दैछ र कहिले देश सुडान बन्यो, देश रुवान्डा बन्यो भन्ने खबर ठूला छापाहरूमा छापिने छन् । देशमा मच्चिएको लुटतन्त्र, रानीतिको भाँडभैलो अनि दण्डहीनताको पराकाष्ठा देख्दा आश गर्ने ठाउँ कतै देखिँदैन । के यसैका लागि हो त हामीले बलिदान गरेको ? भन्ने कुरा खास बाँकी छैनन् ।
लाज लाग्नुपर्नेलाई लाज नलागेपछि अब लाज नै लजाउने बेला भएको छ । देश गरिब हुँदै जाने अनिमुठ्ठीभर नागरिक अवैध कारोबार, तस्करी, भ्रष्टाचार र घुसखोरीका बलमा दिनानुदिन धनी बन्दै गइरहेको यसपालाको दशैँ तिनै गतिछाडाहरूलाई दशैँजस्तो होला रक्सीको खोलो बग्ला, महङ्गा च्याँङ्ग्रा काटिएलान् अनि महङ्गीको मारमा थिचिएका सर्वसाधारणले देशको चिन्ता गरेरै दशैँ बिताउने होला । हामीजस्ता नागरिक अनि हाम्रोजस्तो शासनव्यवस्था भएको मुलुक गरिब नै हुने हो अरू हुन सम्भव छैन । तसर्थ हामी सबै गरिब नेपाली नागरिकलाई दशैँको शुभकामना छ ।
दशैँजस्तो रमाइलो अनि सांस्कृतिक महत्वको पर्वमा देशको अवस्था यस्तो छ उस्तो छ । कतै पनि सन्तोष लिने ठाउँ छैन । विकृति र विसङ्गतिले चारैतिरबाट घेरा हालिरहेको छ । देश झन् गरिब बनेको छ ।
तेस्रो खबर थियो-हिजै बेलुका मात्र नेपालका एकजना मेधावी अनुसन्धाता, नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयका वातावरणविद् हाम्रा भान्जा नवराज पाखरेल (नवीन) ले हाम्रो आफ्नो पेज मामाभाञ्जा ग्रुपमा दशैँसम्बन्धी बाइस बुँदे आचारसंहिता पोष्ट गर्नुभएछ । पढेँ ज्यादै घतलाग्यो । यसपटकको अङ्कमा के लेखू ? के लेखूँ ? भइरहेका बेला यो आचारसंहिता आएपछि मनमा तरङ्ग आयो ।
आचारसंहिताको सारसंक्षेप यस्तो छ-नुहाउनका लागि बाथरुम नखोज्ने, अर्काको बारीमा पसेरफलफूल वा तरकारीका बतिला र फूल नटिप्ने, ग्यास नभएको घरमा दिउँसो गएर चिया पकाउन बाध्य नपार्ने, मोबाइल झिकेर चोँचो नसोझ्याइहाल्ने, टिकटक बनाउन वा फेसबुकमा पोष्ट गर्नैका लागि घाँस या धान काटेजस्तो नगर्ने, दूध पिउँदा गोबरको हस्को आयो नभन्ने, गाईभैँसीको मलखादको गन्ध आयो भनेर मास्क नलगाई नबस्ने, थोरै फोहोर भएमा हातमुख वा कपडा नधोइहाल्ने, पँधेरामा पानी लिन जाँदा नाम्लाको पातोले टाउको दुख्यो नभन्ने, कहिल्यै नदेखेजस्तो गरी गाईबाख्राका पाठापाठी, बाच्छाबाच्छी बोकेर फेसबुकमा पोज र टिकटक नबनाउने, बीच बाटोका दायाँबायाँको धान बाँधेर अरूलाई धराप नपार्ने, पाकेको अम्बा देखाएर अरूलाई टिप्न नलगाउने, पाँच रुपैयाँवाला तास खेल्दा हजारको नोट खालमा नफाल्ने, फुटबल खेलिरहेको बीचमा गएर पाइन्ट घुँडासम्म खुम्च्याएर छालाको पार्टी सुजले फुटबल नखेल्ने, पन्ध्रसयको पाइन्ट तल झारेर सयको तीन थान जाली परेको कट्टु र इलास्टिक लुज भएको पेन्टी देखाउँदै नहिँड्ने, नाटक पारेर ठुटे इग्लिस नबोल्ने, सबै थाहा हुँदाहुँदै पनि नजानेझैँ गरेर यो के हो ?
त्यो के हो ? भनेर नसोध्ने, खाना खाँदा हात भाँच्चिएको जसरी नजानी नजानी स्पुन छैन भन्नेजस्ता बेहोरा नदेखाउने, भुटेको मकै, कोदाको रोटी, ढिँडो खाएपछि फष्ट टाइम खाएको नभन्ने, रक्सी धेरै पिएर घरको धान खेतमा नसुत्ने, बेलुकीपख पनि कालो चश्मा नलगाउने, यो खान्छु र त्यो खान्छु नभन्ने भान्सामा जे पाक्छ त्यही खाने । यो देशको पछिल्लो पुस्ताका नवशहरिया युवायुवतीहरूको सक्कली चरित्र टपक्कै टिपेर राखेजस्तो लाग्यो ।
खासमा सामाजिक सञ्जालमा धेरै घतलाग्दा कुराहरू पनि पोष्ट भएका हुन्छन् तर यसमा बढ्दै गएको विकृतिका कारणले ती राम्रा कुरा पनि ओझेलमा पर्छन् । विभिन्न उद्देश्यले घरबाहिर अझ भनौँ शहरबजारमा बस्न थालेका गाउँका सन्तानहरूलाई लक्ष्य गरेर तयार गरिएको माथिको आचारसंहिता साँच्चै हामी धेरै नेपालीको चरित्र र स्वभावको प्रतिनिधि अभिव्यक्ति हो भन्ने लाग्यो । नेपालमा मात्रै यस्तो छ कि अरूतिर पनि यस्तो अवस्था छ त्यो अहिले भन्न सकिएन तर नेपालको हकमा हामी ज्यादातर नेपालीहरूको आर्थिक स्तर त्यति उच्च किसिमको छैन ।
काठमाडौंलाई अलि पहिल्यैदेखि नेवारहरू र छिटफुट रूपमा अन्य जातिका मानिसहरको पनि पुरानो थलो मानिएबाहेक नेपालका कतिपय पुराना शहरहरू, पछि विस्तार भएर भएका शहरी क्षेत्रहरू र जिल्लाका सदरमुकाम भएका केही शहरी क्षेत्रबाहेक अन्यत्र गाउँकै प्रभाव रहेको पाइन्छ । सर्वप्रथम हामी गाउँले हौँ त्यसपछि केही मात्रामा शहरिया बनेका हौँ तर हामी धेरैको मानसिकता कस्तो छ भनेँ गाउँ छाडेर शहरतिर यसो दुईचार महिना वा दुईचार वर्ष बस्न थालेपछि हामीले आफूलाई ती गाउँका रैथाने बासिन्दा बाबुआमा, दाजुभाइ वा छरछिमेकीभन्दा फरक भएको वा शहरिया हुँदै गएको आभास हुनेगरी केही आडम्बर, अस्वाभाविक बोलीवचन र व्यवहार गर्न थाल्छौँ ।
जुन कुरा पटक्कै सुहाएको हुँदैन तर हामीलाई त्यसै विषयमा गर्वको अनुभूति भइरहेको हुन्छ । गाउँका छोरीचेलीले शहर पसेपछि आफ्नो पहिरन र बोलीवचनमा नाटकीयपन ल्याएर नसुहाउँदिलो बन्ने त्यसैगरी ठिटाहरूले पनि आफूलाई अर्कै ग्रहको बासिन्दा भएको जस्तो ठान्ने र गाउँमा बसेर खेतीकिसानी गरेर आफैँलाई शहरमा घ्यू, चामल, दाल, तरकारीलगायत खाद्यसामग्री पुर्याइरहने आफ्नै बाबु दाजूलाई आफ्नो रवाफ देखाउने जुन चरित्र देखिने गरेको छ त्यसलाई मसिनो गरी केलाएर तयार गरिएको त्यस आचारसंहितामा देशको यथार्थ चित्र प्रकट भएको छ ।
दशैँजस्तो रमाइलो अनि सांस्कृतिक महत्वको पर्वमा देशको अवस्था यस्तो छ उस्तो छ । कतै पनि सन्तोष लिने ठाउँ छैन । विकृति र विसङ्गतिले चारैतिरबाट घेरा हालिरहेको छ । देश झन् गरिब बनेको छ । गैह्रआवासीय नेपालीले पनि त्यति सन्तोषको खबर दिइरहेका छैनन् । शहरबाट गाउँ जाने नेपालीले आफूलाई अस्वाभाविक व्यवहार देखाएर हाम्रो सभ्यता र संस्कृतिकै हुर्मत लिने गरेकाले गाउँमा बस्ने नागरिकहरूले ती कुरालाई पचाउन नसक्ने अवस्था छ । हाम्रा आचरण र व्यवहार पनि शुद्ध र मर्यादित छैनन् । आर्थिक अनुशासन छैन, राजनीतिक सुशासन छैन ।
अब आइन्दा गाउँ जाने दाजुभाइ दिदीबहिनीले यसो गर्नुहोला उसो नगर्नुहोला भनेर व्यङ्ग्यविनोदको शैलीमा आएको आचारसंहिताभित्र हाम्रै विधि र व्यवहारको चित्र उतारिएको जस्ता कुरा गरेर दशैँको शुभकामना दिन मन नहुँदा नहुँदै पनि देशको परिस्थितिलाई हामीले नबुझे कसले बुझ्ने ? हामीले नलेखे कस्ले लेख्ने ? भन्ने लागेर जेजस्तो आक्रोश पोखियो त्यसलाई पनि दशैँको शुभकामनाको रमाइलोमा बिर्सिनुहोला भन्दै समस्त देशबासीमा दशैँको शुभकामना व्यक्त गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच