
काठमाडौं । ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँदलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन् ।
शनिवार ललितपुरमा पत्रकार सम्ेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए । सहमति विपरित आजै शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि हुने उनीहरुको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँदली भएको स्पष्ट हुने बताउनु भयो । उहाँले धाँदली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले ैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरुले धाँदली गरेर जितेको स्पष्ट हुन्छ । आजै शपथ खानुपर्ने र दुई हप्तापछि खानुपर्नेमा मलाई लाग्दैन दुई हप्तामा ठूलै पहाड पल्टिन्छ । धाँदली नभएको भए रातारात शपथ खानुपर्ने थिएन । उहाँहरु सच्चा हुनुुहुँदो रहेनछ । गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ । सबल हुनुपर्छ ।’
अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले सिमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाउनु भयो । उहाँले सिमित समूहले केही पनि गर्न नसक्ने भन्दै उहाँले गैर आवासीय संघ झनै नराम्रो भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उहाँहरुले सिमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो । यो सामाजिक संस्थामा सबैलाई समेट्न्ुपर्छ । त्यो प्रयत्न उहाँहरले गर्नुपर्दथ्यो । सिमित समूहले के गर्न खोज्नुभएको हो ? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ ? यसले नराम्रो असर पर्छ । यसैपनि अविश्वास थियो । अहिले झनै नराम्रो भएको छ ।’
अध्यक्षका प्रत्यासी श्रेष्ठले पदकै लागि जे पनि गर्न नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच