काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित नेताहरु चढेको बोलेर गाडी काभ्रेको बेथानचोक(१ मा दुर्घटनामा परेको छ ।
बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आइतबार दिउँसो २ बजे ब्रेक फेल भई गाडी दुर्घटनामा परेको हो।
पार्टी कामको सिलसिलामा नेताहरु बेथानचोक पुगेका थिए । सामान्य घाइतेहरूलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।
गाडीमा १८ जना सवार थिए। तीमध्ये ११ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच