
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाटै छिट्टै पारित गर्ने बताउनुभएको छ ।
सभापति देउवाले आईतबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गराउने बताउनुभएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहनुभएका काँग्रेस उपसभापति धनराज गुरुङले बताउनु भयो । त्यसैगरी सभपति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गर्नुभएको थियो । महासचिव गुटेरेसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताउनुभएको पनि कानुनमन्त्री गुरुङले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा यो शान्ति प्रक्रिया टुंग्याउने सन्दर्भ छ । त्यस सन्दर्भमा महासचिवजीको चासो देखियो । र, त्यसबारे छलफल भयो । नम्बर दुई, यो क्लाईमेट चेन्जले नेपाल अत्यन्तै पीडित देश हो । त्यस सन्दर्भमा पनि छलफल भएको छ । सभापतिजीले चाँही यस सन्दर्भमा पीस प्रोसेसको सन्दर्भमा हामीले गरिरहेका छौं । र, अहिले पिस प्रोसेसलार्ई टुंग्याउनका लागि जुन विल छ, टिआरसी बिल । त्यो चाहीँ संसदको पार्लियामेन्ट कमिटीमा छलफलमा छ । र, हामी छिट्टै टुंग्याउँछौं । र, यसलाई सर्वसम्मत ढंगबाटै लिएर जान्छौं भनेर सभापतिजीले त्यो कुरा राख्नु भयो एउटा । अर्को क्लाईमेट चेन्जको सन्दर्भमा विश्वकै ध्यान केन्द्रित हुनु पर्दछ । हामी सानो देश, सानो मुलुक । तर हामीलाई ठूलो मार परिरहेको छ । त्यस सन्दर्भमा महासचिवजीले ध्यानाकर्षण भएको जनाउँदै यसले नेपाललाई मात्रै नभई भारत, पाकिस्तान, बंगलादेश जस्ता छिमेकी मुलुकलाई पनि भविष्यमा गाह्रो पार्छ । किन भन्दाखेरी जव हिमालबाट हिमनदीहरुनै सुक्न थाल्यो भने भोली तपाईको छिमेकी मुुलुकहरु पनि अपm्ठयारोमा पर्छ । त्यसले संसारलाई नै झनै अपm्ठयारोमा पार्छ । त्यसकारण यो विषयमा संसारकै ध्यान गएको छ । र, नेपालको मात्रै यो विषय हो भन्ने मलाई लाग्दैन भनेर भन्नु भयो । र, यसमा पूर्ण रुपमा हाम्रो समर्थन रहन्छ भन्नुभएको छ ।’
देउवासँगको भेटमा महासचिव गुटेरेसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बंगलादेशलगायतका छिमेकी देशहरु समेत मारमा पर्ने भएकाले त्यो समस्या समाधानमा आफूहरुले पूरा साथ रहने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच