
ललितपुर । फोनपेले एकै दिन १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबार गरेको छ । कम्पनीले गत असोज ३० गते उक्त कारोबार गरेको हो । २०१९ मा सञ्चालनपछि फोनपे लगातार नवीन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अघि बढिरहेको छ ।
लगभग सबै बैंकिङ तथा वित्तीय संस्थालाई आफ्नो नेटवर्कमा आबद्ध गराउनु चुनौतीपूर्ण काम जस्तो देखिए तापनि फोनपेले सञ्चालनको पहिलो वर्षमै उक्त उपलब्धि हासिल गरेको थियो ।
कम्पनीका अनुसार हाल फोनपे नेपालमा पिटुयम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९ प्रतिशत र पिटुपी (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२ प्रतिशतको बजार हिस्सा लिई देशका अन्य भुक्तानी सञ्चालकमध्ये सबैभन्दा अग्रणी स्थानमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच