इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गीतकार, कवि, संगीत, साहित्यसहित कलाको विभिन्न विधामा सक्रिय रहेकी साबु गदाल कार्की अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत चुनिुभएको छ ।
इनासको पाँचौँ महाधिवेशनबाट चुनिएको अध्यक्ष रामचन्द्र थापा (अष्ट्रेलिया) को कार्यसमितिमा उहाँले दुई वर्ष वरिष्ठ उपाध्यक्षको हैसियतले कार्यभार सम्हाल्नु हुनेछ ।

‘मेरो कार्यकालमा नेपाली संस्कृति, कला, साहित्य र सिनेमालाई प्रवर्द्धन गर्न कुनै कसर बाँकी राखे छैन । सकारात्मक प्रभाव पार्ने परोपकारी कार्यक्रमहरू, सामाजिक परियोजनाहरूमा मेरो साथ र सहभगि अझैँ बढ्ने छ’, वरिष्ठ उपाध्यक्ष कार्कीले भन्नुभयो।

पाँचवटा सांगीतिक एल्बमको निर्माण र लेखनको अनुभव, म्युजिक भिडियो र फिल्म निर्माणको अनुभव, रेडियो नेपालमा प्रस्तोता, पटकथा लेखक र निर्माताको रूपमा काम गरेको अनुभवलाई सामाजिक कार्यमा प्रयोग गर्ने उहाँले बताउनु भयो ।
‘अहिले प्रवासमा विस्तार भइरहेको चलचित्रको बजारलाई हामीले बलियो बनाउनुका साथै नयाँ बजार खोज्नु पर्छ । हाम्रो कला र संस्कृतिलाई जिवन्त राख्ने यो बलियो माध्यम हो’, उहाँले भन्नुभयो,‘हामी एकतृत भएर आगामी दिनमा इनासको प्रभावकारितालाई झनै बलियो बनाउन सर्वसम्मत कार्यसमिति निर्माण गर्न सफल भएका छौँ ।’

नेपाली संगीत, सिनेमा र सञ्चार क्षेत्रमा स्थापित बनेकी कार्कीले सन् २००६ मा ‘सहारा’ र २०११ मा ‘रिवाज’ नामक म्युजिक एल्बम, २०१५ मा म्युजिक भिडियो ‘हे आमा’ गीतकार रहिसक्नुभएको छ। उहाँले सन् २०१७ मा फिल्म ‘दर्पण छाया २’ निर्माण गर्नुभएको थियो ।

साथै, महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सहसंयोजक एवं पदाधिकारीलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको छ ।
नवनिर्वाचित कार्यसमितिमा अन्य पदाधिकारी अन्तर्गत उपाध्यक्षमा मित्रलाल पार्दै (पोल्याण्ड), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), राधी क्षेत्री (इटाली) रनुभएको छ । त्यसैगरी महासचिवमा राजमान तामाङ (डेनमार्क), सचिवमा आनन्दु लामा (अमेरिका) कोषाध्यक्षमा कुलराज थापा (नेपाल) रहनुभएको छ।

क्षेत्रीय संयोजकहरूमा प्रकाश तिवारी (युरोप) रुपा न्यौपाने (दक्षिण एसिया), कन्हैया सिङ्ग परियार (उत्तर अमेरिका) रहनुभएको छ । सह–संयोजकहरूमा श्याम श्रेष्ठ हुनु हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?