स्विडेनमा जन्मदर न्यून

हिमालय टाइम्स
Read Time = 2 mins

स्टकहोम । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो ।

स्विडेनको तथ्यांक अधिकारीहरूले औपचारिक रूपमा दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६५० जना जन्मिएका छन् । यो संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशत कम हो ।

स्विडेनका जनसंख्या शास्त्री टोमस जोनसनले यस वर्षका हरेक महिना अघिल्लो वर्षका हरेक महिनाभन्दा कम जन्मदर देखिएको बताउनुभयो । सन् २००६ पछिकै सबैभन्दा कम जन्मदर यस वर्षको अघिल्लो छ महिनामा देखिएको उहाँले जानकारी दिनुभयो ।

जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूको भनाइ छ । प्राध्यापक गुनार अन्डेर्सन जन्मदर घट्नुलाई विभिन्न तरिकाले हेर्न सकिने बताउनुहुन्छ । सामान्यतयाः कोरोना भाइरसको महामारी, कोरोना भाइरसविरुद्धको खोप अभियान, आर्थिक संकटलगायत मुख्य कारण हुन सक्ने उहाँको बुझाइ छ ।

गत जुन ३० सम्मको तथ्यांक अनुसार स्विडेनको अहिलेको कुल जनसंख्या एक करोड चार लाख ८७ हजार ८५९ रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?