✍️ निरञ्जन मैनाली
२०७२ सालमा बनेको नेपालको संविधानले नै संघीयतालाई राज्यको सन्तुलनको लागि प्रमुख रूपमा अंगालेको छ । संविधानले संघ, प्रदेश र स्थानीयतह गरी तीन भागमा विभाजन गरिएको छ भने सात प्रदेश र ७५३ स्थानीय तह हुने व्यवस्था गरिएको छ । संघ, प्रदेश र स्थानीयतहको अधिकार बाँडफाँड प्रणालीका आधारमै गर्ने संवैधानिक व्यवस्था छ ।
विश्वका मुलुकहरूमा संघीय राज्य दुई प्रकारले बनेको पाइन्छ । हाम्रो संविधानले सहकारिता, सहअस्तित्व तथा समन्वयताका आधारमा रचना गरेको छ । संघीयराज्यको आवश्यकताको आधारमा बाँडफाँड भएको हो । माओवादी र एमाले एकता भएर नेकपा हुँदा संघीयता उत्कृष्ठ नै थियो । जब पार्टी फुटेपछि दलहरू संघीयताको विरोधतर्फ केन्द्रित भएका हुन् । संघीयताको विषयमा एमालेले बैठकमा विरोध जनाउँदै आइरहेको छ । सबै किसिमको सेवासुविधा चाहिने, मुख्यमन्त्री पनि चाहिने तर अहिले कार्यान्वयतर्फ उन्मुख हुने बेलामा नचाहिने किन ?
नेपालमा संघीयताको आवश्यकता सामाजिक, सांस्कृतिक, वित्तीय संघीयताको विकास गर्न सक्षम हुँदाहुँदै पनि दलहरूले कार्यान्वयनका लागि चासो नदेखाउनु आफैंमा दुर्भाग्य हो । संघ र प्रदेशको स्थानीय तहको अधिकार कानुन बनाउने र निर्वाचन गराउनेलगायत प्रदेशको मातहतमा हुनुपर्नेछ । तर, स्थानीय तहले पाउनुपर्ने अधिकारबाट वञ्चित गरिएको छ । जनताका प्रशासनिक कार्यदेखि सबै सेवासुविधा पाउन् भन्ने उद्देश्यबाट परिचालित भएको हुनुपर्छ । तर, प्रदेश सरकारले जनताको भाषा, संस्कृति, धर्मलगायतको सम्बन्धमा रक्षा गर्ने र विधेयक पारित गर्नुपर्ने हुन्छ भनेर उल्लेख गरिएको छ । तर, भारत स्वतन्त्र भएको आठ दशक हुनलाग्दा कुनै पनि भारतीय जनताहरूले संघीयताको विरोध गरेको पाइँदैन किन ?
लेखकले उल्लेख गरे बमोजिम संघीयता मधेसवादी दलहरूको एजेण्डा हो भनेर टिप्पणी गर्नु आफैंमा उपहासमात्र हो । मधेसवादीहरूले मधेसी जनताको अधिकारका लागि समग्र मधेस एक प्रदेश एजेण्डा लिएर राजनीतिमा आएका होइनन् र ?
विगतमा दश वर्षे सशस्त्र युद्धको बलबाट देशमा संघीयता, समावेशी, समानुपाति, धर्मनिरपेक्षता र गणतन्त्र व्यवस्था संविधानसभाबाट जनताको अधिकार स्थापित भएको होइन र ? लेखकले १७ हजार शहीदको अपमानित गरेर जनतामा भ्रम सिर्जना गर्नु गणतन्त्रकै बद्नामी हुनुको साथसाथै सबै दलहरू मिलेर संघीयतालाई कार्यान्वयन गर्नु जरुरी छ । बारा, हाल काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच