काठमाडौं । दक्षिण एशियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ । शनिवारबाट बंगलादेशमा पानीमुनि निर्माण गरिएको सुरुङमार्ग यातायातका लागि सञ्चलनमा ल्याइएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्घाटन गर्नुभयो ।
बंगबन्धु शेख मुजिबुर रहमान सुरुङमार्गको उद्घाटन समारोहमा हसिना र चिनियाँ राजदुत याओ वेन पनि सहभागी हुनुहुन्थ्यो । राजधानी ढाकाबाट करिव २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बंगलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
परियोजना प्रवन्धक यु जिंगटाओले यो दुई पक्षका जनता, व्यापार र पर्यटनका लागि ठूलो अवसर भएको बंगलादेश निवासीहरु बताउँछन् । यो चीन र बंगलादेशको लागि सहकार्य झनै बढाउने अवसर भएको स्थानीय आनन्द बरुआ बताउनुहुन्छ ।
बंगलादेशका आनन्द बरुआले सुरुङले प्रश्तावित एशियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्ने बताउनुभयो । चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय शहर कक्स बजारसम्मको दूरी ४० किलोमिटर घटाउने छ ।
चटगाउँ विश्वविद्यालयका सहप्राध्यापक सौफुल इस्लाम चौधरीले बंगलादेशमा चीनले निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच