बारा । बारामा अज्ञात समूहले हानेको गोली लागेका रूपेश स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको छ । उनी एक निजी विद्यालयका प्रिन्सिपल थिए।
बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका स्वर्णकारको मृत्यु भएको हो ।
उनी बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्।
गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको थियो ।
उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।
गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच