काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनी एफसीले क्यामरुनियन फरवार्ड स्टेफन समिर बिनोङलाई अनुबन्ध गरेको छ । बुटवलले सोमबार बिनोङलाई अनुबन्ध गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट खेल्नुभएका उहाँले काठमाडौंको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
बिनोङले आफू बुटवल लुम्बिनीबाट खेल्न उत्साहित रहेको बताउनुभएको छ । ‘म यस सिजनको नेपाल सुपर लिगका लागि निकै उत्साहित छु,’ उहाँले भन्नुभयो, ‘बुटवल लुम्बिनीमा आबद्ध हुन पाउँदा झन् धेरै खुसी छु । क्लबका लागि शतप्रतिशत दिनेछु ।’
गत सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारबाट खेल्नुभएका बिनोङले १० गोल गर्नुभएको थियो । तर, खुमलटार भने रेलिगेसनमा परेको थियो । एनएसएलको दोस्रो संस्करणका लागि बुटवलले एरिक विष्टलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । यस्तै आइभोरी कोस्टका गोलरक्षक कुस्सी क्रिस्टियनलाई समेत बुटवलले आफ्नो टोलीमा सम्मिलित गराइसकेको छ ।
यस्तै युरोपियन लिगहरू खेलिसक्नुभएका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्नेलाई दोस्रो सिजनका लागि धनगढी एफसीले अनुबन्ध गरिसकेको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साबिक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रूपमा सेनेगल डियाग्नेलाई अनुबन्ध गरिएको जनाएको हो ।
युरोपका विभिन्न चर्चित क्लबहरूबाट खेलिसक्नुभएका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नइ एफसीबाट भारतको पहिलो श्रेणीको लिग इण्डियन सुपर लिगसमेत खेल्नुभएको थियो । सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गर्नुभएका डियाग्नेले चार क्याप जित्नुभएको छ । उहाँले खेलेका खेलहरूमा सेनेगल अपराजित रहेको थियो ।
एनएसएलको दोस्रो संस्करण मंसिर ८ गते सुरु हुँदैछ । बुटवलले मंसिर ९ गते ललितपुर सिटी एफसीसँग खेल्दै दोस्रो संस्करणको यात्रा सुरुवात गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच