
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेश सभामा खालि रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेस प्रदेश सभामा रिक्त समाुनपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको बताउनु भयो । उहाँले बैठकमा संघीय संसदमा पेस हुन लागेका ऐनहरुको बारेमा पनि बैठकमा छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कार्यकारिणी समितिको बैठक मधेस प्रदेशमा एक जना प्रदेश सभा सभाषद्को देहावसान भयो । उहाँको मृत्युपछि उहाँको सिट खालि छ, त्यसको पूर्ति हो । पछिल्लो समय केही ऐनहरु संसदमा आएका छन्, त्यसबारेमा कस्तो ऐन छ, के छ ? त्यसका बारेमा चर्चा छलफल भएको हो । सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय भएको छ । सरकारको बारेमा कुनै छलफल भएको छैन । विभिन्न ऐनहरुका आउँदैछ, ती ऐनहरुका बारेमा कस्तो छ भन्नेबारेमा छलफल भएको छ । शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतमा छलफल भयो ।’
नेता अधिकारीले शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतका बारेमा बैठकमा छलफल भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच