काठमाडौं । चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । निर्माण युनिटले बुधबार राजधानीको विजेश्वरी मन्दिरमा बौद्ध परम्परानुसार हवन गर्दै चलचित्रको शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा वरिष्ठ अभिनेता हरिवंश आचार्यसहित अशोक शर्मा, ओमप्रकाश अग्रवाल चलचित्रका कलाकार विपिन कार्की, राजाराम पौडेल, बर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देललगायत प्राविधिक तथा रंगपत्रकारको उपस्थिति थियो ।
प्रदीप भट्टराईको निर्देशन रहेको यो चलचित्रको बुधबारबाटै बूढानीलकण्ठबाट छायांकन सुरु गरिएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सले त्यसको सिक्वेलको रूपमा ‘महाजात्रा’ बनाउन लागेको हो । चलचित्रमा विपिन कार्की, हरिवंश आचार्य, राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देल, सुमन कार्की, प्रेम पाण्डेलगायतको अभिनय रहनेछ ।
दीपेश खत्री (म्याक्स) र यज्ञश्वर पौडेलको निर्माण रहने चलचित्रमा रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अरविन्द खड्कालगायत कलाकारका रूपमा जोडिनु भएको छ । प्रदीपकै लेखन रहेको यो चलचित्रको छायांकन अगाडि नै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्रकोे सिनेमाघरमा आउने मिति आगामी चैत ९ गतेलाई तोकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच