गुल्मी । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी जिल्लाको समुन्नतिको नयाँ आयाम रेसुङ्गा नगरपालिकाले घोषणा गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई लिएको बताउनुभएको छ । बुधबार उपल्लो तम्घास खालाकाचौरमा गुल्मी उद्योग संघको आयोजनामा गर्न लागिएको ‘प्रथम ऐतिहासिक गुल्मी महोत्सव’ को उद्घाटन गर्नुहुँदै उहाँले बताउनुभएको हो ।
नेपाली कांग्रेस गुल्मीका सभापति समेत रहनुभएका पन्थीले यो महोत्सवले पनि सोही अभियानलाई जोडेको भन्दै गुल्मी जिल्लाको समुन्नतिका लागि एकताबद्ध भएर सबैले संकल्प गर्न जरुरी रहेको बताउनुभयो । ‘उद्योगी व्यवसायीलाई सबैले सहयोग एवम् प्रोत्साहन गरि रोजगारी सिर्जना गरौं ।’ उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा गरिने लगानीलाई प्रोत्साहन गर्न रेसुङ्गा नगरपालिका प्रतिबद्ध छ ।’ यस पटक उपल्लो तम्घासमा आयोजना गरिएको यो महोत्सवले अर्जुन रेसुङ्गा तम्घासस्थान मन्दिरसंगै समग्र जिल्लालाई प्रवर्द्धन गर्न मदत गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
त्यस अवसरमा उज्यालो गुल्मी नक्षत्रको रूपमा माधवलाल मरासिनी, दशकौं अगाडि देखि शाहाकारी भोजनालय सञ्चालन गर्दै आउनुभएका हिरामणि सापकोटा, दुग्ध उत्पादनमा सहयोग पुर्याएको कमलराज श्रेष्ठ र पर्यटन महोत्सव गर्ने अशोक थापालाई सम्मान गरिएको छ ।
कात्तिक २५ गतेसम्म चल्ने महोत्सवमा ३०० स्टल राखिएको छ । आवश्यकता र मागका आधारमा २० वटा स्टल थप गर्न सकिने भन्दै स्थानीय व्यापारीलाई ३० प्रतिशत छुट दिइएको छ । महोत्सवमा एक लाख दर्शक भित्र्याउने लक्ष्यसहित ६० करोड बराबरको कारोबार गरिने बताइएको छ ।
महोत्सवको पहिलो दिन बैकुण्ठ महत, रामचन्द्र चन्द, अर्जुन कुँवर लगायतका कलाकारहरुले प्रस्तुति देखाउनुका साथै विभिन्न समुहहरुद्वारा संस्कृति झल्किने झाँकीहरू समेत प्रदर्शन गरिएको गुल्मी उद्योग संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच