राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दाबी गरेको छ ।

गत आइतबारदेखि चारदिन नेपाल भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका थिए । उक्त भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको माओवादीले दाबी गरेको हो ।

बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा भएको विश्व शान्तिको अपिल र जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण हुनुसहित बहुआयामिक सन्देश दिएको दाबी गर्नुभयो ।

संयुक्त राष्ट्रसंघको बैठक चलिरहेका बेला गुटेरेस नेपाल आउनु नै ठूलो कुरा बताएका माओवादी प्रवक्ता सापकोटाले उहाँको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको बताउनु भयो ।

बुद्धको बारेमा दूराशयपूर्ण ढंगले प्रश्न उठाउन खोजिएका बेला उहाँकै जन्मभूमि लुम्बिनीबाट महासचिव गुटेरेसले विश्व शान्तिको अपिल गर्नु र गौरवको कुरा भएको प्रवक्ता सापकोटाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?