अख्तियारद्वारा घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का अध्यक्ष सबदुल मियाँविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार मियाँ भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?