
काठमाडौं । राष्ट्रिय सभा बैठकमा चालु अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ ।
बिहीवारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणशप्रसाद तिमिल्सिनाले चालु अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको हो । उहाँले राष्ट्रिय सभाको चालु चौधौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने घोषणा गर्नुभयो । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८० कार्तिक १६ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८० कार्तिक १६ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत २०८० साल कार्तिक १६ गते बिहीवार राति १२ बजेबाट अन्त्य हुनेछ । राष्ट्रिय सभाको चालु चौधौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेगरी यो बैठक अन्त्य भएको घोषणा गर्दछु ।’
बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच