यस्तो छ– आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५६ रुपैयाँ र बिक्री दर ८५.९२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्री दर ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २७.९७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१० रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०.०८ पैसा र विक्रीदर ४३२.०२ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?