मुगु हत्या प्रकरण : आमासहित ३ बालबालिकाको सामूहिक दाहसंस्कार गरियो

हिमालय टाइम्स
Read Time = 8 mins

-नृपेन्द्र बहादुर मल्ल
मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामुहिक बिभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसस्कार गरिएको छ ।

घटना भएको ८ दिन र लासको पोष्टमाटम भएको ४ दिन पछि हत्या गरिएका आमा र ३ छोरा,छोरीको दाहसस्कार गरिएको हो ।

घटना कसरी घट्यो ? के कारण घट्यो ?  हत्यारा को हो ? भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान दिपक बोहोरा र आफन्तले शव बुझ्न मानेका थिएनन् ।

घटना गत ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारी पाएको थियो । जानकारी पश्चात् घटना स्थल पुगेको प्रहरीले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍याइएको थियो ।

घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोलि खटिइ अनुशन्धान तीव्र बनाउदै आएको छ ।

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो ।
घटनाको प्रकृति, अनुसन्धानको प्रगती बारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफैँ पुग्नु भएको छ ।

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन वितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरी कै घटना गतिविधिहरुमा मुगु घटनालाइ उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुग्नु भएको हो ।

अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । 'विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्वन्धीत व्यक्तिहरुसङ्ग भेरिफाइ गर्न कम्तिमा १ देखि २ दिनसम्म लाग्छ । यत्रो ४र४ जनाको हत्या भएको छ कयौ जनासङ्ग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइका वावजुद काम गर्नु पर्छ एक त घटनाको सुचना प्रहरीसम्म ढिला पुग्यो,फोन,नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्वन्धी कृयाकलाप गर्न घटना स्थल,सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भैरहेको छ' प्रनाउ थापाले भन्नुभयो । प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्माट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उदेश्य र कारोवारोले हत्या भएको हुन सक्ने अनुमान गरि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्ती बारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ ।

हप्ता दिन वित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुशन्धान गर्न केन्द्रिय अनुसन्धान टोलि आउन लागेको हो भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा प्रनाउ विरेन्द्र थापाले भन्नुभयो कुनै क्लु नभेटाइ केन्द्रिय अनुसन्धान व्युरो ९सिआइवी० मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलिले हत्या र हत्यारा बारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोलि पनि मुगु आउन सक्छ ।

'जिल्ला अस्पताल मुगुमा शव राख्ने कोल्ड हाउस नहुँदा लासहरु गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्धित फैलिने त्रास थियो ।' चिकित्सक अर्जुन भामले भन्नूभयो, 'प्रहरीले अनुसन्धान गरिरहेको छ शुष्म अध्ययनका लागि सव परिक्षण पनि भैसक्यो आफन्तहरुले लास बुझिदिनु भयो अब हाम्रो त्रास हट्यो ।'

हत्यारा र हत्याको कारण पत्ता नलाग्दै लासहरु बुझ्न दवाव परेपछी मानसिक तनावमा रहेका मृतक श्रीदेविका श्रीमान दिपक बोहोरा विहिवार विहानैदेखि बेपत्ता भएका थिए । सबै तिर प्रहरी र स्थानियहरुले खोजी गर्दा राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउमा रहेका आफन्तको घरमा बसेको फेला पारेका थिए ।
शुक्रबार विहान नगरप्रमुख विष्णु कुमार भाम,आफन्तहरुको सम्झाइ बुझाइ पछि दिपक बोहोरा शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएका थिए ।

आमा श्रीदेवि बोहोरा र ११ बर्षिय छोरा मनोज बोहोराको लास जलाइएको र ८ महिने छोरा रहर बोहोरा र ८ वर्षिय छोरा अप्सरा बोहोराको शव जमिनमा दफन गरिएको नगरप्रमुख भामले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?