यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको विनिमय दर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलरको भाउ सामान्य वृद्धि भएको छ भने युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा थियो । यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३ पैसाले पैसा बढेको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा रहेकाे छ । यो मूल्य अघिल्लो शुक्रबारको तुलनामा १५ पैसा घटेको हो ।

शुक्रबार युरो एकको खरिदमा भने १४० रूपैयाँ र बिक्रीमा १४० रूपैयाँ ६३ पैसा कायम गरिएको थियो । त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९० रूपैयाँ ४ पैसा तोकिएको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रूपैयाँ ६४ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ९८ रूपैयाँ ८२ पैसामा कारोबार भइरहेको छ ।

आइतबार राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २० पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा कायम गरेको छ । यता, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकिएको छ ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ भने मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ९२ पैसा तोकिएको छ ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३९ पैसा रहेकाे छ । बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६ पैसा तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?