काठमाडौं । नेपाल-जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुर्ईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्वारा केएफडब्लू विकास बैंकमार्फत् प्राप्त अनुदानबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातमाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बंगलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल समशेर हेलिस्टनले संयुक्तरूपमा रातमाटे सबस्टेसन उद्घाटन गर्नुभएको थियो । त्यसैगरी प्राधिकरणका कार्र्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्तरूपमा कालिकास्थान सबस्टेसनको पनि उद्घाटन गर्नुभएको थियो । उक्त सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्ति दिइएको छ ।
जर्मनले केएफडब्लू विकास बैंकमार्फत् २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरण प्रणाली सञ्जाल पुनर्निर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो (करिब ७० करोड रुपैयाँ) अनुदान रकम दिएको थियो । उक्त अनुदानबाट दुर्ईवटा वितरण सबस्टेसन ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको हो । जसबाट दुर्ई जिल्लाका एक हजार दुई सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् पाउने प्राधिकरणले जनाएको छ ।
सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजना निर्माणमा केएफडब्लूको ठूलो सहयोग रहेको उल्लेख गर्दै सबस्टेसन निर्माणबाट स्थानीय उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाएको बताउनुभयो ।
केएफडब्लूका हेलिस्टन र क्रिगरले नेपाल र जर्मनीबीचको सम्बन्ध ६० वर्षभन्दा बढी पुरानो रहेको, ऊर्जा क्षेत्रमा ४० वर्षदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अब विद्युत् प्रसारण र वितरणतर्फ सहयोग गर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच