विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएसँगै विवाद बढेको छ । यसअघि एमालेको समर्थन पाएर मुख्यमन्त्री बन्नुभएका केदार कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेसँगै विवाद झन् बढेको हो । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नै पद तथा गोपनीयताको शपथ गराए पनि उहाँहरूको मन्त्रालय भने तोकिएको छैन ।
मुख्यमन्त्री कार्कीले एमालेसँगको सहमतिविपरीत केन्द्रका साझेदार गठबन्धनबाट प्रदेशका मन्त्री नियुक्त गरेपछि एमाले प्रदेश सरकारबाट बाहिरिने भएको छ । मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाउन भन्दै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए पनि एमालेले भने सरकारबाट बाहिरिने चेतावनी दिएको हो ।
एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताउनुभएको छ । आफूहरूलाई पूर्वजानकारी नै नदिएको र केन्द्रको गठबन्धनमा आफू समावेश नहुने कुरा पहिलेदेखि नै निर्णय गरिएकोमा त्यसविपरीत मुख्यमन्त्री केदार कार्कीले गठबन्धनलाई समावेश गराउन गरिएको मन्त्रीहरूको नियुक्ति आफूलाई मान्य नहुने चेतावनी दिएको हो ।
नेकपा एमालेको समर्थनमा कांग्रेसका आठ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बन्नुभएका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । यसअघि नै एमालेले कांग्रेसबाहेक अन्य दलहरूलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।
एमालेका मन्त्रीले राजीनामा दिने
एमालेले आफ्नो सहमतिबिना मन्त्रिमण्डल विस्तार गरेको भन्दै सरकारबाट बाहिरिने बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे शनिबार बैठक बसेर औपचारिक निर्णय गर्ने बताउनुभयो । गठबन्धन दललाई सरकारमा ल्याए आफूहरू बाहिरिने भन्ने आफूहरूको कुरा कार्यान्वयन हुने उहाँले बताउनुभयो । एमालेले मन्त्री राम रानालाई राजीनामा गराउने तयारी अगाडि बढाएको छ । एमालेले रानालाई राजीनामा गराउने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।
एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताउनुभयो । ‘हामीलाई कुनै जानकारी गराएको छैन, न त कुनै सरसल्लाह नै छ,’ कार्कीले भन्नुभयो, ‘केन्द्रको अहिलेको दुर्गन्धित गठबन्धनमा हामी हिजो पनि थिएनौँ, आज पनि छैनौँ र भोलि पनि हुँदैनौँ । यस विषयमा हामीले पहिले नै निर्णय गरिसकेका छौँ ।’
एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री हुनुभएका कार्कीले सरकारमा गठबन्धन सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा सरकार विस्तार गर्न सक्नुभएको थिएन । कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको थियो । तर, मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी कांग्रेस र गठबन्धनको दबाबको कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने निष्कर्षमा पुग्नुभएको हो ।
गठबन्धनको दबाब प्रदेशसम्म
त्यसो त मुख्यमन्त्री कार्कीले बिहीबार मात्र एमालेको गुन नबिर्सिने बताउनुभएको थियो । तर, सुरुदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो । सोही दबाबअनुकूल कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धनको दबाब थेग्न नसकेपछि नेकपा माओवादी केन्द्र तथा नेकपा एसका प्रदेशसभा सदस्यहरूलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
सुरुमै देउवा र शेखरसँग चिर्कटो सम्झौता गर्दा माओवादीको एकजनालाई मन्त्री बनाउने सहमति भएकोमा एमालेले एकजना प्रवेश गराएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । क्याबिनेटमा गठबन्धनलाई भित्र्याएपछि सरकारबाट बाहिरिने एमालेले तयारी गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच