‘भूकम्पको केन्द्रबिन्दु भएर पनि मानवीय क्षति भएन’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । भूकम्पको ठूलो झड्का आएकाले सबैले एकसाथ थाहा पायौँ । रातभर गाउँपालिकाभित्र भएको क्षतिको अनुगमन गरी जानकारी लियौँ । बारेकोटमा केन्द्रबिन्दु भए पनि मानवीय क्षति भएको छैन । भौतिक संरचनामा भने ठूलो क्षति भएको छ । झण्डै एक हजार परिवार विस्थापित भएका छन् । उनीहरुको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बस्नै नहुने अवस्था छ । अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन् ।

भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्पपीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन् । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ । सङ्घीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ ।

भूकम्पमा परी बारेकोटमा पाँच जना घाइते भएका छन् । दुई जनालाई सामान्य उपचार गरी घर पठाइसकेका छौँ । तीन जनालाई हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाएका छौँ । बारेकोट– १ केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ । घर क्षतिग्रस्त छन् । जमिन भासिएको छ । चिराचिरा परेको छ । भग्नावशेष जस्तो देखिएको छ । गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ । विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था गर्नु अहिलेको प्राथमिकता हो ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?