धनगढी कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ तिलखामा सुदूरपश्चिम प्रदेश ०१–०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय मानसिँह रावतको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रवार राति रावललाई मोटरसाइकलले ठक्कर दिएको थियो। उनको लम्कीकै लालरत्तन अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो।
नेपालगञ्ज मेडिकल कलेजमा शनिवार बिहान रावतको मृत्यु भएको हो। मोटरसाइकलसहित चालक शेरसिँह रावत प्रहरीको नियन्त्रणमा छन्। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच