![दशकपछि विश्वकपमा नेपाल](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/Nepal-in-the-World-Cup-after-a-decade.jpg)
निजगढ । वीरगञ्ज युनाइटेड फुटबल क्लब निजगढको रतनपुरमा जारी दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरको खेल मैदानमा सम्पन्न खेलमा सर्लाहीको एभरेस्ट एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
वीरगञ्जको जितमा खेलको ३४औँ मिनेटमा विवेक चौधरीले फ्रिकिकमार्फत् गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । खेलको ४२औँ मिनेटमा सर्लाहीले प्राप्त गरेको पेनाल्टीमार्फत् समिल लामाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । तर, वीरगञ्जका विकास दर्लामीले खेलको ८१औँ मिनेटमा विजयी गोल गर्दै वीरगञ्जलाई २-१ को जित दिलाउनुभयो ।
खेलको प्लेयर अफ द म्याच वीरगञ्ज युनाइटेडका विकास चौधरी घोषित हुनुभयो । कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रतनपुर युनाइटेड युथ क्लबसहित नेपाली सेनाको सबुज गण आधाभार बारा, एफसी चन्द्रपुर गैंडाटार रौतहट, जनअभियान युथ क्लब बारागढी बारा, योङस्टार युनाइटेड क्लब लाल निजगढ, एभरेस्ट एकेडेमी सर्लाही, हेटौंडा फुटबल एकेडेमी मकवानपुर, वीरगञ्ज युथ एकेडेमी र वीरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच